NIMB Header 2
Nepal Life

बैकिङ्ग कारोबार गर्ने ग्राहकहरुले जान्नै पर्ने कुराहरु

Citizen Life
  • BFIS News
  • 2023 Jun 28 20:52
बैकिङ्ग कारोबार गर्ने ग्राहकहरुले जान्नै पर्ने कुराहरु
National Life

काठमाडौं । मोवाईल बैकिङ र इन्टरनेट बैकिङ ले बैकिङ लाई २४ घण्टा ग्राहकको हात मै बैकिङ सेवा दिन सम्भव बनाएको छ तर केही समय यता मोबाइल बैकिङ वा इन्टरनेट बैकिङ मार्फत ठगी/चोरीका घटना बढेका छन। कुनै अपरिचित नम्बर बाट फोन आउछ र फोन गर्ने ब्याक्तिले म बैकको कर्मचारी (नाम सहित) भनेर परिचय दिन्छ र बिस्तारै ग्राहकको खाता सम्बन्धित विवरण माग्न थाल्दछ।

NIMB

ग्राहकले पनि बैंकबाट आएको फोन भनेर बिस्तारै आफ्नो खाता तथा अन्य विवरण फोन गर्ने मान्छेलाई भन्दै जान्छ। Transaction password र OTP समेत बैकले तपाइको खाता वा अरु कुरामा अपरेटिङ गर्दैछ भनेर शेयर गर्न लगाउछ। तत्काल खाता बाट पैसा डेविट हुन्छ अनी आत्तीयर बैकमा खबर गर्नु पहिले नै ठगले पैसा अन्यत्र खाताहरू तथा mobile wallet मा पठाइसकेको हुन्छ भने कतिपय अवस्थामा तत्काल नगद रकम निकाली सक्दछ।

यो क्रम दिनहु बढ्दै गइरहेको छ। यसर्थ बैकिङ्ग कारोबार गर्ने ग्राहकहरुले निम्न कुरा बुझ्न जरुरी छ:

१.बैकको कर्मचारीले यहांहरुको खाता सम्बन्धित र अन्य विवरण फोन गरेर कहिल्यै माग्दैनन। यहांको बिबरण बैंक मै हुन्छ।

२. कुनै पनि मान्छेलाई ( आफन्त समेत लाई) आफ्नो मोवाइल बैकिङ वा इन्टरनेट बैकिङ को Password र pin कहिल्यै share नगर्नुस। कुनै कारणबस गरिहाल्नु परेमा तत्काल परिवर्तन गर्नुहोस।

३. Sharing basis मा laptop वा desktop चलाउनुहुन्छ र सोही device बाट इन्टरनेट बैकिङ वा IPS connect चलाई राख्नुहुन्छ भने username र password कहिल्यै device मा save नगर्नुस।

४. कुनै ब्याक्तिले यसरी तपाइको खाता सम्बन्धित विवरणहरू शङ्कास्पद हिसाबले मागेका होशियार हुन्छ र कुनै विवरण शेयर नगर्नुस। उक्त फोन नं र अन्य विवरण सम्बन्धित बैक मा जानकारी गराउनुहोस।

५. तपाईलाई lottery वा चिट्ठा पर्यो हामी पैसा पठाई दिन्छौ तपाइको खाताको बिबरण चाहियो भनेर आउने message र email लाई लोभमा परेर जवाफ नदिनुन। तपाई कहिल्यै खरिद नगरेको lottery कसरी तपाईलाई पर्दछ?

६.बैक को कर्मचारीले ग्राहकको खाता संचालन गरी रकमान्तर हुन सक्ने प्रकारका कुनै विवरण माग गर्न मिल्दैन र माग्दैनन। यसर्थ फोन को भरमा कुनै जानकारी शेयर नगर्नुस।

७.आफुले कुनै भुक्तानी नगरेको अवस्थामा खाताको रकम डेविट भएको जानकारी SMS मार्फत प्राप्त हुदा साथ तत्काल बैकमा सम्पर्क गर्नुहोस।

खाता सम्बन्धित विवरण, Password र Transction pin शेयर गर्नु भनेको पैसा राखेको money Bag (पैसाको थैली) 💰 लाई मेला लागेको चौराहा मा छोडेर हीड्नु जस्तै हो। चोरी हुन्छ। यसर्थ थैलीलाई कसेर दराजमा राखौ र lock गरौ- चोरी र ठगी बाट बचौ!!

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया