खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन
- BFIS News
- 2026 May 29 17:39
काठमाडौँ, जेठ १५ गते । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
डा. स्वर्णिम वाग्ले ले शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा वार्षिक बजेट प्रस्तुत गर्दै खेलकुद पूर्वाधार विकास तथा राष्ट्रिय प्रतियोगितालाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो ।
बजेटमा १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता को आयोजना कर्णाली प्रदेश मा गर्ने तथा त्यसपछि ११औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुने मधेश प्रदेश मा पूर्वाधार विकासलाई प्राथमिकता दिइएको छ ।
यसैगरी मुलपानी क्रिकेट मैदान, गिरिजाप्रसाद क्रिकेट मैदान तथा फाप्ला क्रिकेट मैदान को निर्माण कार्यलाई निरन्तरता दिइने बजेटमा उल्लेख छ ।
देशभर आठ हजार दर्शक क्षमता भएका आठ वटा रंगशाला निर्माण गर्ने योजना समेत सरकारले अघि सारेको छ । साथै अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई आजीवन स्वास्थ्य बीमाको सुविधा उपलब्ध गराइने घोषणा गरिएको छ ।
यद्यपि, चालु आर्थिक वर्षको तुलनामा खेलकुद बजेट घटेको छ । गत आर्थिक वर्ष खेलकुद क्षेत्रमा ६ अर्ब ८ करोड रुपैयाँ विनियोजन गरिएको थियो ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)











.png)





प्रतिक्रिया