औद्योगिक पूर्वाधार निजी क्षेत्रलाई दिने सरकारको घोषणा
- BFIS News
- 2026 May 29 17:46
काठमाडौँ, जेठ १५ गते । सरकारले मोतिपुर र मयुरधापलगायतका औद्योगिक क्षेत्र निर्माण तथा सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने घोषणा गरेको छ ।
डा. स्वर्णिम वाग्ले ले सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै औद्योगिक पूर्वाधार विस्तारमा निजी क्षेत्रको भूमिका बढाइने स्पष्ट गर्नुभयो ।
सरकारले पाँचखाल विशेष आर्थिक क्षेत्र मा महिला उद्यमीलाई प्राथमिकता दिने नीति अघि सारेको छ । साथै उद्योग क्षेत्रमा कर्जा पहुँच सहज बनाउन महिला उद्यमीलाई विशेष सहुलियत दिने घोषणा गरिएको छ ।
उत्पादनमूलक उद्योगको प्रतिस्पर्धात्मक क्षमता बढाउन विद्युत् डिमान्ड शुल्क पुनरावलोकन गर्ने तथा विद्युत् महसुलमा छुट दिने व्यवस्था गर्ने पनि बजेटमा उल्लेख छ ।
सरकारले औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र तथा लिजमा उपलब्ध गराइने जग्गामा बनेका संरचनालाई बैंकिङ प्रयोजनका लागि धितो राख्न सकिने व्यवस्था गर्ने जनाएको छ ।
त्यस्तै, पुँजी अभावमा सञ्चालनमा आउन नसकेका उद्योगलाई व्यावसायिक पुनरुत्थान कर्जा उपलब्ध गराइने र स्टार्टअप तथा नवप्रवर्तनलाई आर्थिक रूपान्तरणको आधार बनाइने उल्लेख गरिएको छ ।
‘लगानी एक्सप्रेस’ अवधारणाअन्तर्गत आगामी तीन महिनाभित्र स्वचालित प्रणाली लागू गरी कम्पनी दर्तादेखि कर प्रणाली, वित्तीय सेवा र भिसा आवेदनसम्मका सेवाहरूलाई एकीकृत गरिने सरकारको योजना छ ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)










.jpg)






प्रतिक्रिया