Nepal Life

सानिमा बैंकका सिइओ निश्चल राज पाण्डेको वार्षिक तलब सुविधा एक करोड १४ लाख, बोनस छुट्टै

Global Ime detail Page
  • BFIS News
  • 2023 Oct Mon 05:59
सानिमा बैंकका सिइओ निश्चल राज पाण्डेको वार्षिक तलब सुविधा एक करोड १४ लाख, बोनस छुट्टै
Sanima Reliance

काठमाडौं । सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेको वार्षिक तलब भत्ता एक करोड १४ लाख रुपैयाँ रहेको छ । उनले यस बाहेक नियम अनुसार मुनाफाबाट बोनस प्राप्त गर्ने छन् ।

NIMB

बैंकले पाण्डेलाई अल्पकालीन कर्मचारी लाभको रुपमा गत आर्थिक वर्ष २०७९/८० मा ९६ लाख रुपैयाँ पारिश्रमिक दिएको छ । त्यस्तै उनले चाडपर्व भत्ता र वार्षिक विदा बापत भुक्तानी ८ लाख रुपैयाँ प्राप्त गरेका छन् । उनको मासिक तलब नै ८ लाख रुपैयाँ मात्रै रहेको छ । जवकी यस भन्दा अगाडीका सिइओ भुवन दाहालको मासिक तलब भत्ता १४ लाख भन्दा धेरै थियो ।

पाण्डेले रोजगारी पछिको लाभ बापत १० लाख ५६ हजार रुपैयाँ पाउने छन् । उनलाई अन्य भत्ता उपलब्ध गराइएको छैन । जवकी यस भन्दा अघिल्लो वर्षमा प्रमुख कार्यकारी अधिकृतलाई २ करोड १४ लाख रुपैयाँ तलब भत्ता तथा पारिश्रमिक दिइएको थियो ।

माथि उल्लेखित बाहेक स्वीकृत सुविधा योजना अनुसार बैंकले इन्धन, स्वास्थ्य चिकित्सा सुविधा जस्ता गैर नगद लाभहरु समेत मुख्य व्यवस्थापक कर्मचारीहरुलाई प्रदान गर्ने गरेको छ । कर्मचारी बोनस प्रचलित कानुन बमोजिम प्रदान गर्ने गरिएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत पाण्डेले २०७८ माघ १२ गतेदेखि कार्यभार सम्हाल्दै आएका छन् । २०७० सालदेखि सानिमा बैंकमा कार्यरत पाण्डे असोज २०७८ देखि सानिमा बैंककै नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा जिम्मेवारी सम्हाल्दै आएका थिए । बैंकिङ क्षेत्रमा २७ वर्ष लामो अनुभव सम्हालेका पाण्डे यसअघि नविल बैंकमा १८ वर्ष काम गरिसकेका छन् ।

कर्जाको विषयमा राम्रो विज्ञता राख्ने उनी बैंकको प्रमुख जोखिम अधिकृत र प्रमुख कर्जा अधिकृतको रुपमा जिम्मेवारी सम्हाल्दै सिइओ बन्न सफल भए ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया