Nepal Life

महासंघ पदाधिकारी र नव निर्वाचित सेजन कार्य समितिबीच भेटवार्ता, आर्थिक सुधारका लागि सहकार्यमा जोड 

Global Ime detail Page
  • BFIS News
  • 2023 Oct Mon 18:47
महासंघ पदाधिकारी र नव निर्वाचित सेजन कार्य समितिबीच भेटवार्ता, आर्थिक सुधारका लागि सहकार्यमा जोड 
Sanima Reliance

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल लगायत पदाधिकारी र नेपाल आर्थिक पत्रकार समाज (सेजन) को नवनिर्वाचित कार्यसमितिबीच भेट वार्ता भएको छ । महासंघ सचिवालयमा भएको उक्त भेटमा आर्थिक सुधारका लागि सहकार्य गर्ने बिषयमा छलफल भएको थियो । 

NIMB

उक्त भेटवार्तामा अध्यक्ष ढकालले आर्थिक सुधारका लागि उच्चस्तरिय आयोग वा संयन्त्र निर्माण गरि सहकार्य गर्ने अवधारणा आफुले अगाडि सारेको जानकारी दिए । अबको सुधारका लागि निजी क्षेत्र सहित सबै सरोकारवालाहरुको सामुहिक प्रयास आवश्यक भएको हुदा आयोग आवश्यक रहेकोमा अध्यक्ष ढकालले जोड दिए ।

यसमा सेजनसंगको सहकार्य महत्वपूर्ण हुने पनि उनको धारणा थियो । यसैगरि अन्य नीतिगत सुधार, भ्रमण आदिमा पनि महासंघ र सेजनबीच सहकार्य रहने अध्यक्ष ढकालले वताए । कार्यक्रममा सेजन अध्यक्ष सुजन ओलीले आर्थिक मन्दीका समयमा विभिन्न वस्तुगत र जिल्लामा कार्यरत उद्यमी व्यवसायी समस्यामा रहेको हुँदा सुधारका लागि सहकार्य गरिने वताए । 

महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले मुलुकभर नै उद्यमी व्यवसायी मन्दीका कारण प्रभावित भैरहेको हुदा सबै क्षेत्रको विशेष पहल आवश्यक रहेको वताए । महासंघ उपाध्यक्षद्धय हेमराज ढकाल र ज्योत्सना श्रेष्ठले उद्यमी व्यवसायीको हितमा सेजनले गरिरहेको कामको प्रसंसा गरे ।

सेजन महासचिव विश्वा रेग्मीले सकारात्मक सन्देश पनि प्रवाह गर्नु आवश्यक रहेको बताए । आर्थिक पत्रकारहरुको छाता संस्था सेजनको नया कार्यसमिति २०८० भदौमा चयन भएको थियो । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया