सपनाको घर बनाउने हरेक नेपालीको चाहनामा मुक्तिनाथ घर कर्जाको साथ
- BFIS News
- 2026 May 31 20:11
काठमाडौं । सबै जनासँग आफ्नै घर बनाउने सपना हुन्छ । वर्षौंदेखिको मेहनत, पसिना र बचतलाई जोडेर धेरैले आफ्नो घर बनाउने योजना बनाउँछन्। तर बढ्दो जग्गाको मूल्य, निर्माण लागत तथा पर्याप्त रकम अभावका कारण सबैको सपना हुन सक्दैन। कतिपयसँग अहिले राम्रो आम्दानी भए पनि एकैपटक ठूलो लगानी जुटाउन नसक्दा घर निर्माण वा खरिदको योजना बीचमै रोक्नुपर्ने अवस्था आउछ।
यस्तै परिस्थितिलाई सहज बनाउन मुक्तिनाथ विकास बैंकले “मुक्तिनाथ घर कर्जा” मार्फत सपनाको घर निर्माण गर्ने यात्रामा साथ दिँदै आएको छ। सहज प्रक्रिया, सर्वसुलभ ब्याजदर तथा छिटो कर्जा स्वीकृतिको सुविधासहित बैंकले घर बनाउने वा खरिद गर्ने योजनालाई सहज बनाइरहेको छ।
बैंकका अनुसार “मुक्तिनाथ घर कर्जा” अन्तर्गत ग्राहकले न्यूनतम सेवा शुल्कमा कर्जा सुविधा प्राप्त गर्न सक्नेछन्। साथै, आवश्यक कागजपत्र पूरा भएपछि तीन कार्य दिनभित्र कर्जा स्वीकृतिको प्रक्रिया सम्पन्न गरिने व्यवस्था गरिएको छ। ग्राहकले ३० वर्षसम्मको कर्जा अवधि पाउने भएकाले मासिक किस्ता व्यवस्थापन गर्न पनि सहज हुने बैंकको भनाइ छ।
यो कर्जा विभिन्न प्रयोजनका लागि उपयोग गर्न सकिनेछ। ग्राहकले जग्गा खरिद, घर निर्माण, अपार्टमेन्ट खरिद तथा इन्टेरियर निर्माणका लागि समेत कर्जा लिन सक्नेछन्।
घर कर्जाका लागि धितो अनिवार्य गरिएको छ। यदि ग्राहकसँग अन्य कुनै सम्पत्ति भए त्यसलाई धितोमा राख्न सकिन्छ। साथै, जुन जग्गामा घर निर्माण गरिने हो, त्यही घर वा जग्गालाई धितोमा राखेर पनि कर्जा लिन सकिनेछ। अपार्टमेन्ट तथा हाउजिङ लगायतका संरचना भएमा त्यसलाई धितोमा राखेर समेत कर्जा सुविधा उपलब्ध गराइने बैंकले जनाएको छ। घर कर्जा योजना अन्य शर्तहरु लागू हुने भएकाले बैंकका शाखा कार्यालयहरुमा सबै शर्तहरुको राम्रो सँग जानकारी लिन सकिने बैंकले जनाएको छ ।
घर कर्जा लिन चाहने ग्राहकले आवश्यक कागजपत्र भने अनिवार्य रूपमा पेश गर्नुपर्ने हुन्छ। जसअन्तर्गत आवेदनकर्ताको पासपोर्ट साइज फोटो, नागरिकता तथा राष्ट्रिय परिचयपत्र, प्रमाणित आयस्रोत लगायतका कागजात आवश्यक पर्नेछन्। त्यसैगरी, जमानीकर्ताको फोटो तथा नागरिकता, जग्गा वा भवन खरिद सम्झौता, लालपुर्जा, ब्लुप्रिन्ट, मालपोत रसिद, चारकिल्ला प्रमाणित कागजात, घर निर्माण नक्सा स्वीकृति तथा सम्बन्धित निकायबाट निर्माण अनुमति पत्र लगायतका आवश्यक कागजात बैंकले माग गर्न सक्नेछ। ग्राहकले बैंकको आधिकारिक वेबसाइटमार्फत पनि सजिलै घर कर्जाका लागि आवेदन दिन सक्नेछन्। व्याजदरका स्किमहरु पनि बैंक र ग्राहकहरु विच आपसी सहमतिमा तय गर्न सकिने लचिलो व्यवस्था छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)

















प्रतिक्रिया