NIMB Header 2
Nepal Life

सुनको मूल्यमा सामान्य गिरावट, चाँदी महँगियो

IME LIFE
  • BFIS News
  • 2026 Jun 01 12:54
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी महँगियो
United Ajod

काठमाडौँ, जेठ १८ — नेपाली बजारमा आज सुनको मूल्य सामान्य रूपमा घटेको छ। अघिल्लो दिन प्रतितोला २० हजार ५०० रुपैयाँले बढेको सुनको मूल्य आज प्रतितोला २०० रुपैयाँले घटेको हो।

 

Nepal Life
NIMB

नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १० हजार ९०० रुपैयाँ मा कारोबार भइरहेको छ।

यता, चाँदीको मूल्य भने बढेको छ। आज चाँदी प्रतितोला १० रुपैयाँले वृद्धि भई ५ हजार ३५५ रुपैयाँ मा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा हुने उतारचढाव, विनिमय दर तथा स्थानीय माग–आपूर्तिका आधारमा सुनचाँदीको मूल्य दैनिक रूपमा निर्धारण हुँदै आएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया