NIMB Header 2
Nepal Life

हिल्टन होटलको ४.३९ अर्ब बीमा दाबी, पुनर्बीमा विवाद फेरि सतहमा

IME LIFE
  • BFIS News
  • 2026 Jun 01 13:08
हिल्टन होटलको ४.३९ अर्ब बीमा दाबी, पुनर्बीमा विवाद फेरि सतहमा
United Ajod

काठमाडौँ, जेठ १८ — क्षति भएको करिब १० महिनापछि विवादित अवस्थामा रहेको हिल्टन होटल ले ओरिएन्टल इन्स्योरेन्स कम्पनी सँग ४ अर्ब ३९ करोड रुपैयाँ बराबरको बीमा दाबी पेश गरेको छ।

 

Nepal Life
NIMB

होटलले जेन–जी आन्दोलनका क्रममा भएको क्षतिपछि करिब ८ अर्ब रुपैयाँ बराबरको क्षतिको प्रारम्भिक मूल्यांकन गरे पनि विवादका कारण अहिले घटाएर ४.३९ अर्ब रुपैयाँको दाबी गरेको हो।

बीमा दाबी अब कुन पुनर्बीमा कम्पनीमार्फत टुंगिने भन्ने विषयमा अझै अन्योल कायम छ। प्रचलित पुनर्बीमा संरचना अनुसार यस्तो जोखिममा नेपाल पुनर्बीमा कम्पनी वा हिमालयन रिइन्स्योरेन्स मध्ये कुनले दायित्व वहन गर्ने भन्ने विषयमा छलफल चलिरहेको छ।

बीमा क्षेत्र स्रोतका अनुसार बीमा प्राधिकरणको निर्देशनअनुसार यस्ता “हुलदंगा तथा आतंकवाद जोखिम” वर्गका दाबीहरू नेपाल रिइन्स्योरेन्समार्फत जानुपर्ने कानुनी आधार भए पनि, अघिल्लो संरचना र सम्झौता प्रक्रियाका कारण पुनर्बीमा जिम्मेवारीमा विवाद देखिएको हो।

यसैबीच, बीमा नियामक निकायले यस प्रकरणमा पहिले नै केही बीमा कम्पनी र ब्रोकरमाथि कारबाही गरिसकेको छ। प्राधिकरणका अनुसार पुनर्बीमा प्रक्रियामा नियम उल्लंघन भएको देखिएकाले थप अनुसन्धान पनि जारी छ।

होटलमा भएको क्षतिपछि लामो समयसम्म दाबी भुक्तानी नहुँदा बीमित र बीमा कम्पनीबीच विवाद चुलिएको छ। अब पुनर्बीमा जिम्मेवारी कसको भागमा पर्छ भन्ने निर्णय नै यस केसको प्रमुख निर्णायक बिन्दु हुने देखिन्छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया