Nepal Life

सिटिजन्स बैंक र र्यापिडबीच एपीआई बैंकिङ सहकार्य, कर्पोरेट ग्राहकलाई ठूलो सहजता

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Jun 02 12:32
सिटिजन्स बैंक र र्यापिडबीच एपीआई बैंकिङ सहकार्य, कर्पोरेट ग्राहकलाई ठूलो सहजता

काठमाडौं, जेठ १९ — सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड ले कर्पोरेट ग्राहकका लागि डिजिटल बैंकिङलाई अझ एकीकृत र सहज बनाउने उद्देश्यले एपीआई बैंकिङ प्लेटफर्म र्यापिड सँग सहकार्य गरेको छ।

 

Nepal Life
NIMB

यस सहकार्यपछि बैंकका कर्पोरेट ग्राहकले अब खाताको ब्यालेन्स हेर्न, स्टेटमेन्ट डाउनलोड गर्न, फण्ड ट्रान्सफर, ईएमआई भुक्तानी र तलब वितरणजस्ता सेवा एउटै प्रणालीमार्फत सञ्चालन गर्न सक्नेछन्।

र्यापिड एक एपीआई–आधारित बैंकिङ प्लेटफर्म हो, जसले बैंक, फिनटेक र डिजिटल सेवा प्रदायकलाई एउटै प्रणालीमा जोड्ने काम गर्छ। यसमार्फत ग्राहकले आफ्नै ERP वा सफ्टवेयर प्रयोग गरी बैंकिङ सेवा सिधै सञ्चालन गर्न सक्ने व्यवस्था गरिएको छ।

बैंकका अनुसार प्रयोगकर्ताले “कनेक्ट विथ एपीआई बैंकिङ” विकल्पमार्फत खाता लिंक गरेपछि धेरै बैंकिङ सेवा अनलाइनमै सम्पन्न गर्न सक्नेछन्। यसले कर्पोरेट क्षेत्रको समय, लागत र सञ्चालन झन्झट उल्लेखनीय रूपमा घटाउने अपेक्षा गरिएको छ।

सुरक्षाका लागि एन्ड–टु–एन्ड इन्क्रिप्सन, मल्टिलेयर भेरिफिकेशन र आधुनिक सुरक्षा प्रोटोकल प्रयोग गरिएको बैंकले जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया