Nepal Life

बैंक तथा वित्तीय संस्थाको व्याजदर घट्यो, अधिकाम्सको एकल अंकमा : कसको कति ?

Global Ime detail Page
  • BFIS News
  • 2023 Oct Tue 11:52
बैंक तथा वित्तीय संस्थाको व्याजदर घट्यो, अधिकाम्सको एकल अंकमा : कसको कति ?
Sanima Reliance

काठमाडौं । अधिकाम्स बैंक वित्तीय संस्थाले कार्तिक महिनाका लागि निक्षेपको व्याजदर घटाएका छन् । असोज महिनामा व्याजदर घटाउन हच्किएका बैंकहरुले यस पटक भने घटाएका छन् । निक्षेपको अनुपातमा कर्जा प्रवाह नहुँदा कष्ट अफ फण्ड बढ्ने भए पछि बैंकहरुले निक्षेपको व्याजदर घटाएका हुन् ।

NIMB

कार्तिक महिनाका लागि सबैभन्दा धेरै एभरेष्ट बैंकले संस्थागत निक्षेप तर्फको व्याजदर घटाएको छ । बैंकले असोजको तुलनामा कार्तिकमा संस्थागत तथा व्यक्तित दुबै तर्फ १.८३ प्रतिशत घटाएको छ । बैंकले संस्थागत तर्फ ११.०५४ बाट ९.२२४ प्रतिशतमा झरेको छ भने संस्थागत तर्फ ९.०५४ प्रतिशतबाट ७.२२४ प्रतिशतमा झारेको छ ।

त्यस्तै बाणिज्य बैंकहरु मध्ये सबैभन्दा धेरै व्याजदर एनआइसी एशिया, एनएमबी र हिमालयन बैंकले कायम गरेको छ । बैंकले अझै पनि व्यक्तिगत तर्फ ११.००३ प्रतिशत र संस्थागत तर्फ ९.००३ प्रतिशत कायम गरेका हुन् । त्यस पछि दोस्रो धेरै व्याजदर दिने बैंक नेपाल एसबिआइ रहेको छ । बैंकले संस्थागत तर्फ १०.२५ प्रतिशत कायम गरेको छ भने संस्थागत तर्फ ८.२५ प्रतिशत कायम गरेको छ ।

नविल बैंकले १.०५४ प्रतिशतले व्याजदर घटाए पनि संस्थगत तर्फको व्याजदर अझै १० प्रतिशत रहेको छ भने संस्थागत तर्फ ८ प्रतिशत छ । ग्लोबलको पनि नविलकै जति रहेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको पनि १०.०१ र संस्थागत तर्फ ८.०१ प्रतिशत कायम गरेको छ ।  यस पटक लक्ष्मी सनराइज,राष्ट्रिय बाणिज्य बैंक, माछापुच्छ्रे बैंक, सिद्धार्थ बैंकले व्याजदर स्थिर राखेका छन् ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया