NIMB Header 2
Nepal Life

कालंगा हाइड्रोको आईपीओ बुधबार बाँडफाँड हुँदै, २ लाख ८७ हजार आवेदकले पाउनेछन् शेयर

IME LIFE
  • BFIS News
  • 2026 Jun 07 11:25
कालंगा हाइड्रोको आईपीओ बुधबार बाँडफाँड हुँदै, २ लाख ८७ हजार आवेदकले पाउनेछन् शेयर
United Ajod

काठमाडौं । कालंगा हाइड्रो लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बुधबार बाँडफाँड हुने भएको छ।

 

Nepal Life
NIMB

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडका अनुसार आईपीओ बाँडफाँडको तयारी अन्तिम चरणमा पुगेको छ। क्यापिटलले बुधबार बिहान आईपीओ बाँडफाँड गर्ने योजना बनाएको जनाएको छ।

यस अवधिमा लगातार सार्वजनिक बिदा परेकाले आईपीओ बाँडफाँड प्रक्रिया केही ढिलो भएको सानिमा क्यापिटलले जनाएको छ।

कालंगा हाइड्रोले सर्वसाधारणका लागि २८ लाख ७० हजार कित्ता शेयर निष्काशन गरेको थियो। प्राप्त आवेदनका आधारमा गोलाप्रथामार्फत २ लाख ८७ हजार आवेदकले न्यूनतम १० कित्ताका दरले शेयर प्राप्त गर्नेछन्।

आईपीओको नतिजा बाँडफाँड सम्पन्न भएपछि बिक्री प्रबन्धक सानिमा क्यापिटल तथा सीडीएस एन्ड क्लियरिङ लिमिटेडको वेबसाइटमार्फत हेर्न सकिनेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया