Nepal Life

नेप्सेमा लगातार तेस्रो दिन गिरावट, कारोबार रकम ३ अर्बमा सीमित

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Jun 08 15:34
नेप्सेमा लगातार तेस्रो दिन गिरावट, कारोबार रकम ३ अर्बमा सीमित

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा लगातार तेस्रो कारोबार दिन पनि गिरावट आएको छ।

Nepal Life
NIMB

बजारमा बिक्री दबाब कायम रहँदा सोमबार परिसूचकसँगै कारोबार रकम पनि घटेको देखिएको छ।

सोमबार नेप्से परिसूचक २०.२७ अंकले घटेर २७३५.१४ विन्दुमा झरेको छ। यससँगै सेन्सेटिभ इन्डेक्स २.६२ अंक, फ्लोट इन्डेक्स १.२४ अंक तथा सेन्सेटिभ फ्लोट इन्डेक्स ०.८९ अंकले ओरालो लागेको छ।

कारोबार भएका १३ उपसमूहमध्ये वित्त उपसमूह बाहेक सबै उपसमूह नकारात्मक रहे। व्यापार उपसमूहमा सबैभन्दा बढी १.७७ प्रतिशतको गिरावट आएको छ। विकास बैंक र अन्य उपसमूहमा पनि एक प्रतिशतभन्दा बढीले सूचक घटेको छ।

बजारमा कारोबार रकमसमेत अघिल्लो दिनको तुलनामा घटेको छ। अघिल्लो कारोबार दिन ५ अर्ब ६२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा सोमबार ३ अर्ब ८ करोड रुपैयाँभन्दा बढीको कारोबारमा सीमित भएको छ। कुल ३५६ कम्पनीका ९२ लाखभन्दा बढी कित्ता सेयर ५६ हजारभन्दा बढी पटक किनबेच भएका छन्।

व्यक्तिगत कम्पनीतर्फ भने मिश्रित प्रदर्शन देखिएको छ। कालिञ्चोक हाइड्रोपावरको सेयर मूल्य सकारात्मक सर्किट तहसम्म पुगेको छ भने क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको मूल्य १३ प्रतिशतभन्दा बढीले बढेको छ। सोपान फर्मास्युटिकल्सको सेयर मूल्य पनि १० प्रतिशतले उकालो लागेको छ।

यता, उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा बढी ७.१४ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा सेन्ट्रल फाइनान्स सबैभन्दा अगाडि रहेको छ। लक्ष्मी बैंक डिबेन्चर २०८८ र आँखुखोला जलविद्युत कम्पनी पनि उच्च कारोबार भएका धितोपत्रको सूचीमा परेका छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया