NIMB Header 2
Nepal Life

सेबोनको वार्षिकोत्सव स्थगित भएपछि कर्मचारी युनियनको असन्तुष्टि, नेतृत्व रिक्तताप्रति चिन्ता

IME LIFE
  • BFIS News
  • 2026 Jun 08 15:49
सेबोनको वार्षिकोत्सव स्थगित भएपछि कर्मचारी युनियनको असन्तुष्टि, नेतृत्व रिक्तताप्रति चिन्ता
United Ajod

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को ३४औँ वार्षिकोत्सव कार्यक्रम स्थगित गरिएपछि बोर्डभित्र कर्मचारी असन्तुष्टि सार्वजनिक भएको छ।

Nepal Life
NIMB

नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनले वार्षिकोत्सव रोक्ने निर्णयप्रति आपत्ति जनाउँदै यसलाई संस्थागत व्यवस्थापन र निर्णय प्रक्रियासँग जोडिएको विषयका रूपमा उठाएको छ।

सोमबार जारी विज्ञप्तिमा युनियनले बोर्ड स्थापना भएयता नियमित रूपमा आयोजना हुँदै आएको वार्षिकोत्सव यस वर्ष अन्तिम समयमा स्थगित गरिएको जनाएको छ। युनियनका अनुसार कार्यक्रम स्थगनको निर्णय सरोकारवालासँग पर्याप्त छलफल नगरी गरिएको थियो।

युनियनले वार्षिकोत्सवलाई केवल औपचारिक कार्यक्रम नभई पूँजी बजारका विभिन्न पक्षबीच समीक्षा, अनुभव आदानप्रदान तथा भावी कार्यदिशाबारे छलफल हुने अवसरका रूपमा व्याख्या गरेको छ। यस्तो कार्यक्रम स्थगित गरिनुले संस्थागत अभ्यास र आन्तरिक व्यवस्थापनबारे प्रश्न उठाएको युनियनको भनाइ छ।

विज्ञप्तिमा बोर्डको निर्णय प्रक्रिया, जवाफदेहिता तथा व्यवस्थापकीय समन्वयका विषयमा समेत चासो व्यक्त गरिएको छ। युनियनले नियामक निकायका रूपमा सेबोनको कार्यक्षमता प्रभावकारी बनाउन स्पष्ट नेतृत्व र संस्थागत स्थायित्व आवश्यक रहेको उल्लेख गरेको छ।

युनियनले बोर्ड अध्यक्ष पद लामो समयदेखि रिक्त रहेको विषयलाई पनि उठाएको छ। अध्यक्ष पद करिब दुई महिनादेखि खाली रहँदा नीतिगत निर्णय तथा संस्थागत कामकारबाही प्रभावित हुन सक्ने भन्दै सरकारले नियुक्ति प्रक्रिया शीघ्र अघि बढाउनुपर्ने माग गरिएको छ।

त्यसैगरी, रोकिएका नीतिगत तथा प्रशासनिक निर्णयहरूको अवस्थाबारे स्पष्ट जानकारी सार्वजनिक गर्न र तिनको कार्यान्वयनलाई गति दिन युनियनले आग्रह गरेको छ। पूँजी बजारको नियमन, पारदर्शिता र संस्थागत सुदृढीकरणका लागि प्रभावकारी नेतृत्व आवश्यक रहेको युनियनको धारणा छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया