Nepal Life

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल महँगियो, अमेरिकी तेलको मूल्य प्रतिव्यारेल ९० डलरमाथि

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Jun 11 12:51
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल महँगियो, अमेरिकी तेलको मूल्य प्रतिव्यारेल ९० डलरमाथि

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा बुधबार उल्लेख्य वृद्धि देखिएको छ।

Nepal Life
NIMB

अमेरिकी डब्लुटिआई (वेस्ट टेक्सास इन्टरमिडियट) र ब्रेन्ट क्रुड दुवैको मूल्य करिब दुई प्रतिशतले बढ्दै प्रतिव्यारेल ९० डलरभन्दा माथि पुगेको छ।

न्यूयोर्क मर्केन्टाइल एक्सचेन्जमा जुलाई डेलिभरीका लागि कारोबार हुने डब्लुटिआई कच्चा तेलको मूल्य १.८३ अमेरिकी डलरले बढेर प्रतिव्यारेल ९०.०३ डलर पुगेको छ। यो अघिल्लो कारोबार दिनको तुलनामा २.०७ प्रतिशतको वृद्धि हो।

यस्तै, लन्डनस्थित आईसीई फ्युचर्स एक्सचेन्जमा अगस्ट डेलिभरीका लागि ब्रेन्ट क्रुडको मूल्य १.६५ अमेरिकी डलरले वृद्धि हुँदै प्रतिव्यारेल ९३.१० डलरमा बन्द भएको छ। ब्रेन्टको मूल्यमा १.८० प्रतिशतको वृद्धि भएको जनाइएको छ।

विश्व बजारमा कच्चा तेलको मूल्य बढेसँगै ऊर्जा क्षेत्रको लागतमा थप दबाब पर्ने अनुमान गरिएको छ। कच्चा तेलको मूल्यमा हुने उतारचढावले इन्धन आयातमा निर्भर मुलुकहरूको आयात खर्च बढाउनुका साथै उपभोक्ता स्तरको मूल्यवृद्धिमा समेत प्रभाव पार्न सक्ने विश्लेषण गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया