Nepal Life

डेभिड मेरियटसहित मेरियट नेतृत्व टोलीद्वारा मोक्सी काठमाडौंको भ्रमण

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Jun 11 14:45
डेभिड मेरियटसहित मेरियट नेतृत्व टोलीद्वारा मोक्सी काठमाडौंको भ्रमण

काठमाडौं । मेरियट इन्टरनेशनलका बोर्ड अध्यक्ष डेभिड मेरियटले हालै मोक्सी काठमाडौंको भ्रमण गरेका छन्।

Nepal Life
NIMB

भ्रमणका क्रममा मेरियटसँगै कम्पनीका एशिया–प्रशान्त क्षेत्रका विभिन्न वरिष्ठ अधिकारीहरू पनि सहभागी थिए।

भ्रमणमा एशिया प्यासिफिक (ग्रेटर चाइना बाहेक) का अध्यक्ष राजीव मेनन, एशिया प्यासिफिकका प्रमुख सञ्चालन अधिकृत निराज गोविल, प्रमुख लजिङ प्रोडक्ट तथा सेवा अधिकृत क्रिस्टियानो रिनाल्डी, दक्षिण एशियाका वरिष्ठ उपाध्यक्ष किरण एन्डिकोट, एनआईबीएनका मार्केट उपाध्यक्ष अरुण कुमार तथा दक्षिण एशियाका वरिष्ठ सञ्चालन निर्देशक दिलप्रीत सिंह बिन्द्रा सहभागी रहेको जनाइएको छ।

होटल व्यवस्थापनका अनुसार प्रतिनिधिमण्डललाई स्वागत गर्न विशेष कार्यक्रम आयोजना गरिएको थियो, जसअन्तर्गत फ्ल्यास मोब प्रस्तुति समेत प्रदर्शन गरिएको थियो।

स्वागत कार्यक्रमपछि मेरियटले मोक्सी काठमाडौंका क्याप्टेन सुवर्ण थापासँग होटलको अवलोकन गरेका थिए। अवलोकनका क्रममा उनले होटलको संरचना, डिजाइन, खानपान सेवा तथा अतिथिलाई प्रदान गरिने सुविधाबारे जानकारी लिएका थिए।

मोक्सी काठमाडौं मेरियट इन्टरनेशनलअन्तर्गत सञ्चालनमा रहेको लाइफस्टाइल होटल हो। होटलले आधुनिक डिजाइन, आवास सुविधा तथा सामाजिक अन्तरक्रियाका लागि लक्षित विभिन्न सेवाहरू प्रदान गर्दै आएको जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया