NIMB Header 2
Nepal Life

विश्वकपको पहिलो खेलमा ब्राजिलको निराशाजनक सुरुआत, मोरक्कोसँग बराबरी

IME LIFE
  • BFIS News
  • 2026 Jun 14 06:59
विश्वकपको पहिलो खेलमा ब्राजिलको निराशाजनक सुरुआत, मोरक्कोसँग बराबरी
United Ajod

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा ब्राजिलले मोरक्कोसँग १–१ गोलको बराबरी खेलेको छ।

Nepal Life
NIMB

अमेरिकाको न्यू जर्सीस्थित मेटलाइफ स्टेडियममा सम्पन्न प्रतिस्पर्धात्मक खेलमा पछाडि परेको अवस्थाबाट फर्किंदै ब्राजिलले एक अंक सुरक्षित गरेको हो।

खेलको २१औँ मिनेटमा मोरक्कोले अग्रता बनाएको थियो। ब्राजिलियन रक्षापंक्तिको कमजोरीको फाइदा उठाउँदै इस्माइल साइबारीले डि-बक्स बाहिरबाट प्रहार गरेको बल जाली चुमेपछि मोरक्कोले १–० को बढत लिएको थियो। विश्वकप इतिहासमा दक्षिण अमेरिकी राष्ट्रविरुद्ध मोरक्कोले गोल गरेको यो पहिलो अवसर बनेको छ।

सुरुआती चरणमा मोरक्कोले आक्रामक प्रदर्शन गर्दै ब्राजिलमाथि दबाब कायम राखेको थियो। खेलको पहिलो ३० मिनेटभित्र मोरक्कोले ब्राजिलको पोस्टतर्फ १२ पटक प्रहार गरेको थियो।

तर ३३औँ मिनेटमा ब्राजिलले खेलमा पुनरागमन गर्‍यो। आफ्नो ५०औँ अन्तर्राष्ट्रिय खेल खेलिरहेका भिनिसियस जुनियरले ब्रुनो गुइमारेसको पासलाई सदुपयोग गर्दै व्यक्तिगत कौशल प्रदर्शनसहित गोल गरेपछि खेल १–१ को बराबरीमा पुगेको थियो।

दोस्रो हाफमा दुवै टोलीले गोलका अवसर सिर्जना गरे पनि थप गोल हुन सकेन। निर्धारित समयसम्म कुनै टोलीले अग्रता लिन नसकेपछि खेल बराबरीमा टुंगियो।

यस नतिजासँगै ब्राजिल र मोरक्कोले प्रतियोगितामा एक–एक अंक जोडेका छन्। भिनिसियसको गोलले ब्राजिललाई पराजयबाट जोगाएको छ भने मोरक्कोले विश्व फुटबलको शक्तिशाली टोलीविरुद्ध महत्वपूर्ण अंक हासिल गरेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया