NIMB Header 2
Nepal Life

सानिगाढ हाइड्रोको आईपीओ बाँडफाँट सम्पन्न, ४ लाख ६७ हजारभन्दा बढी लगानीकर्ताले पाए १० कित्ता

IME LIFE
  • BFIS News
  • 2026 Jun 15 11:21
सानिगाढ हाइड्रोको आईपीओ बाँडफाँट सम्पन्न, ४ लाख ६७ हजारभन्दा बढी लगानीकर्ताले पाए १० कित्ता
United Ajod

काठमाडौं, असार १ — सानिगाढ हाइड्रो लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बाँडफाँट सम्पन्न भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा आइतबार आईपीओ बाँडफाँट गरिएको हो।

Nepal Life
NIMB

कम्पनीले गत जेठ १८ गतेदेखि २१ गतेसम्म सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४६ लाख ७४ हजार कित्ता साधारण शेयर निष्काशन गरेको थियो। उक्त आईपीओमा लगानीकर्ताको उच्च आकर्षण देखिएको छ।

निष्काशित शेयरका लागि कुल २७ लाख ५९ हजार ४९० जनाबाट ३ करोड १ लाख ३२ हजार ५०० कित्ता शेयर खरिदका लागि आवेदन परेको थियो। तीमध्ये २७ लाख २७ हजार ५१५ आवेदन स्वीकृत भएका छन् भने बाँकी आवेदन विभिन्न कारणले रद्द भएका छन्।

मागभन्दा धेरै आवेदन परेकाले कम्पनीले गोलाप्रथा प्रणालीमार्फत आईपीओ बाँडफाँट गरेको जनाएको छ। बाँडफाँट परिणामअनुसार ४ लाख ६७ हजार ४०० जना आवेदकले न्यूनतम १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्।

उच्च आवेदनका कारण अधिकांश लगानीकर्ता शेयर प्राप्त गर्नबाट वञ्चित भएका छन्। कम्पनीको आईपीओमा परेको आवेदन संख्या र मागले जलविद्युत् क्षेत्रका कम्पनीप्रति लगानीकर्ताको आकर्षण अझै कायम रहेको संकेत गरेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया