NIMB Header 2
Nepal Life

राष्ट्र बैंकको रिपोर्ट: बैंकिङ प्रणालीमा गम्भीर कमजोरी र खराब कर्जा लुकाउने अभ्यास

IME LIFE
  • BFIS News
  • 2026 Jun 15 18:51
राष्ट्र बैंकको रिपोर्ट: बैंकिङ प्रणालीमा गम्भीर कमजोरी र खराब कर्जा लुकाउने अभ्यास
United Ajod

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूको खराब कर्जा (NPL) वास्तविकभन्दा कम देखिएको निष्कर्ष निकाल्दै बैंकिङ क्षेत्रमा गम्भीर अनियमितता र कमजोरी रहेको खुलासा गरेको छ।

 

Nepal Life
NIMB

केन्द्रीय बैंकको सुपरीवेक्षण प्रतिवेदन अनुसार बैंकहरूले पुरानो ऋण तिर्न नयाँ ऋण दिने (evergreening) अभ्यासमार्फत खराब कर्जा लुकाउने गरेको पाइएको छ। हाल बैंकहरूको कुल निष्क्रिय कर्जा करिब २ खर्ब २० अर्ब ३३ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षभन्दा २२.४० प्रतिशतले बढी हो।

प्रतिवेदनमा ऋणको दुरुपयोग, धितो मूल्याङ्कनमा लापरबाही, आन्तरिक लेखापरीक्षणको कमजोरी, तथा सञ्चालक समितिको अनावश्यक हस्तक्षेप जस्ता समस्या देखिएको उल्लेख छ।

त्यस्तै, केही बैंकहरूले ऋणको पैसा उद्देश्यभन्दा फरक काममा प्रयोग हुन दिएको, सञ्चालक वा सम्बद्ध व्यक्तिको खातामा रकम सारिएको, तथा गलत वर्गीकरण गरेर खराब कर्जा लुकाइएको पाइएको छ।

राष्ट्र बैंकका अनुसार बैंकिङ प्रणालीमा पुरानो सफ्टवेयरको प्रयोग, साइबर सुरक्षा कमजोरी, नगद व्यवस्थापनमा लापरबाही, तथा जोखिम व्यवस्थापन योजनाको कार्यान्वयन नहुनु जस्ता समस्या पनि देखिएका छन्।

बैंकहरूको वित्तीय तथ्याङ्क र वास्तविक प्रणालीबीच फरक देखिएको, साथै सीईओको प्रभावका कारण आन्तरिक लेखापरीक्षण स्वतन्त्र हुन नसकेको पनि प्रतिवेदनमा उल्लेख छ।

राष्ट्र बैंकले अब प्रविधिमा आधारित आधुनिक सुपरीवेक्षण प्रणाली अपनाउने तयारी गरेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया