Nepal Life

सुनको भाउ अहिलेसम्मकै सर्वाधिक महङ्गो, तोलाकै १६ हजार १५० रुपैयाँ

Global Ime detail Page
  • BFIS News
  • 2023 Oct Thu 12:22
सुनको भाउ अहिलेसम्मकै सर्वाधिक महङ्गो, तोलाकै १६ हजार १५० रुपैयाँ
Sanima Reliance

काठमाडौं । सुनको भाउ महङ्गिने क्रममा आज सर्वाधिक उचाइमा पुगेको छ । आज कात्तिक २ गते,बिहीबार सुनको भाउ तोलामै ५०० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।

NIMB

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १३ हजार ७०० रुपैयाँ पुगेको छ । यस्तै, तेजाबी सु्न प्रतितोला एक लाख १३ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि साउन ४ गते, सुनको भाउ सबैभन्दा उच्च दरमा खरिदबिक्री भएको थियो । त्यस दिन सुन प्रतितोला एक लाख १३ हजार ६०० रुपैयाँ पुगेको थियो । यसरी सुन प्रतितोला १०० रुपैयाँले बढि भएर पुरानो रेकर्ड तोडेको हो ।

बुधबार पनि सुनको भाउमा भारी वृद्धि भएको थियो । हिजो सुन तोलामा एक हजार ३०० रुपैयाँले बढ्दा प्रतितोला एक लाख १३ हजार २०० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

बिहीबार चाँदीको मूल्य भने सस्तिएको छ । आज चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला एक हजार ३९५ रुपैयाँमा किनबेच हुँदैछ ।

अघिल्लो कारोबार दिन, चाँदी तोलामा ३५ रुपैयाँले बढोत्तरी भएको थियो । हिजो सुन प्रतितोला क्ए हजार ४१० रुपैयाँमा कारोबार भएको थियो ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया