गणपति लघुवित्तले माग्यो कर्मचारी, विभिन्न पदमा आवेदन खुला
- BFIS News
- 2026 Jun 16 14:23
काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले अधिकृत तथा सहायक स्तरका पदमा दरखास्त आवेदन खुला गरेको हो ।
कम्पनीले शाखा प्रबन्धक (कनिष्ठ अधिकृत/सुपरीवेक्षक/वरिष्ठ सहायक) तथा सहायक/प्रशिक्षार्थी सहायक पदका लागि आवेदन माग गरेको जनाएको छ ।
अधिकृत स्तरका पदका लागि २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको र सहायक स्तरका लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ । महिलाका लागि भने तोकिएको उमेर हदमा थप ५ वर्ष छुट दिइने व्यवस्था गरिएको छ ।
तोकिएको शैक्षिक योग्यता पूरा गरेका इच्छुक नेपाली नागरिकले हालसालै खिचेको पासपोर्ट साइजको फोटो, नेपाली नागरिकताको प्रतिलिपि र आवश्यक विवरणसहितको बायोडाटा पेश गरी आवेदन दिन सक्नेछन् ।
कम्पनीका अनुसार इच्छुक उम्मेदवारले १५ दिनभित्र इमेल वा कम्पनीको आधिकारिक वेबसाइटमार्फत आवेदन बुझाउन सक्नेछन् ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)












प्रतिक्रिया