जन्मदिनमा ५० लाखको जीवन बीमा, युवा ज्योतिषी विपिन भण्डारीद्वारा आर्थिक सुरक्षाको सन्देश
- BFIS News
- 2026 Jun 18 12:04
काठमाडौं । तिलोत्तमा नगरपालिका–११ शिवपुर निवासी युवा ज्योतिषी विपिन भण्डारीले जन्मदिनको अवसरमा आफ्नो तथा श्रीमतीको नाममा २५–२५ लाख रुपैयाँका दरले कुल ५० लाख रुपैयाँ बराबरको जीवन बीमा गरेका छन्।
भण्डारीले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमार्फत जीवन बीमा गर्दै जन्मदिनलाई केवल उत्सवमा सीमित नराखी परिवारको आर्थिक सुरक्षा र भविष्यको योजनासँग जोडेको बताएका छन्।
उनका अनुसार आकस्मिक आर्थिक जोखिमबाट परिवारलाई सुरक्षित राख्ने उद्देश्यले बीमा गरिएको हो। उनले जीवन बीमालाई परिवारको आर्थिक सुरक्षाको महत्वपूर्ण आधारका रूपमा व्याख्या गर्दै सबैलाई आफ्नो आवश्यकता र क्षमताअनुसार उपयुक्त बीमा योजना छनोट गर्न आग्रह गरेका छन्।
जीवन बीमा जोखिम व्यवस्थापनको माध्यम मात्र नभई दीर्घकालीन बचत र आर्थिक योजनाको प्रभावकारी साधनसमेत भएको उनको भनाइ छ। युवावस्थादेखि नै आर्थिक सुरक्षाप्रति सचेत हुन आवश्यक रहेको उनले बताए।
भण्डारीको यस निर्णयले आर्थिक सुरक्षा, बचत संस्कार तथा जिम्मेवार भविष्य योजनाको सन्देश दिएको छ। साथै यसले अन्य युवालाई पनि भविष्यप्रति सचेत, जिम्मेवार र योजनाबद्ध बन्न प्रेरित गर्ने विश्वास गरिएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)












प्रतिक्रिया