एनआइसी एशिया लघुवित्तको लाभांश घोषणा, १५ प्रतिशत नगद मात्रै
- BFIS News
- 2023 Oct Thu 12:38
काठमाडौं । एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट १५ प्रतिशत कर सहित नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
संस्थाको हालको चुक्ता पूँजी एक अर्ब ७३ करोड रुपैयाँरहेको छ । संस्थाले यस पटक पूँजी नबढाइ नगदबाटै लगानीकर्तालाई राहात दिने प्रस्ताव गरेको हो । यो प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
प्रतिक्रिया