Nepal Life

सालपा विकास बैंकको ८६ हजार बढी कित्ता शेयरको लकइन अवधि असार २४ गते सकिँदै

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Jun 18 13:14
सालपा विकास बैंकको ८६ हजार बढी कित्ता शेयरको लकइन अवधि असार २४ गते सकिँदै

काठमाडौं । सालपा विकास बैंकको सामूहिक लगानी कोष (म्युचुअल फन्ड) का लागि सुरक्षित गरिएको ८६ हजारभन्दा बढी कित्ता शेयरको लकइन अवधि सकिने भएको छ।

 

Nepal Life
NIMB

बैंकले आज सूचना जारी गर्दै सामूहिक लगानी कोषका लागि छुट्याइएको शेयरको लकइन अवधि यही असार २४ गतेपछि समाप्त हुने जानकारी गराएको हो।

बैंकले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने क्रममा सामूहिक लगानी कोषका लागि ८६ हजार १९४ कित्ता शेयर छुट्याएको थियो।

धितोपत्रसम्बन्धी व्यवस्था अनुसार सर्वसाधारणलाई आईपीओ बाँडफाँड भएको मितिले ६ महिनासम्म सामूहिक लगानी कोषका लागि छुट्याइएको शेयर लकइनमा राख्नुपर्ने प्रावधान रहेको छ।

लकइन अवधि सकिएपछि उक्त शेयर कारोबारका लागि योग्य हुनेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया