कामना सेवा विकास बैंकद्वारा हेल्पिङ ह्यान्ड्स बाल गृहलाई वाटर डिस्पेन्सर सहयोग
- BFIS News
- 2026 Jun 18 13:33
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत हेल्पिङ ह्यान्ड्स बाल गृहलाई वाटर डिस्पेन्सर सहयोग गरेको छ।
बैंकको शाखा कार्यालय नख्खुमार्फत सितापाइला नागार्जुनस्थित बाल गृहलाई उक्त सहयोग प्रदान गरिएको हो।
बैंकका काठमाडौं क्षेत्र प्रमुख केदारनाथ शर्माले बाल गृहकी सृजना नेपालीलाई वाटर डिस्पेन्सर हस्तान्तरण गरेका हुन्। बाल गृहमा आश्रित बालबालिकालाई स्वच्छ तथा सुरक्षित खानेपानीको पहुँच सहज बनाउन सहयोग गरिएको बैंकले जनाएको छ।
उक्त सहयोगले बाल गृहमा रहेका बालबालिकाको दैनिक जीवनयापनमा सकारात्मक योगदान पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ।
बाल गृहकी सृजना नेपालीले बालबालिकाको आवश्यकता सम्बोधन गर्न सहयोग गरेकोमा कामना सेवा विकास बैंकप्रति आभार व्यक्त गर्दै यस्ता सामाजिक सहयोगले संस्थाका सेवा थप प्रभावकारी बनाउन सहयोग पुग्ने बताइन्।
कार्यक्रममा बैंकका कर्मचारी तथा हेल्पिङ ह्यान्ड्स बाल गृहका बालबालिकाको सहभागिता रहेको थियो।
बैंकले आगामी दिनमा पनि सरोकारवाला निकायसँगको समन्वय र सहकार्यमा सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)










.jpeg)

प्रतिक्रिया