Nepal Life

सिटिजन र एभरेष्ट बैंकले शेयरधनीको खातामा हालिदिए दशै खर्च

National Life
  • BFIS News
  • 2023 Oct Thu 14:56
सिटिजन र एभरेष्ट बैंकले शेयरधनीको खातामा हालिदिए दशै खर्च
RBB

काठमाडौं । सिटिजन बैंक र एभरेष्ट बैंकले दशैको मुखैमा शेयरधनीको खातामा बोनस रकम हालिदिएका छन् । वाणिज्य बैंकहरुमध्ये सबैभन्दा पहिला सिटिजन्स बैंकले गत असोज २६ गते साधारणसभा गरी शेयरधनीलाई चुक्ता पूँजीको ५.७९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । सिटिजन्स बैंकले मंगलबार शेयरधनीको खातामा लाभांश पठाइसकेको छ ।

NIMB

यसैगरी एभरेष्ट बैंकले १० प्रतिशत बोनस शेयर र १०.५३ प्रतिशत नगद गरी कुल २०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो । एभरेष्ट बैंकले बुधबार शेयरधनीको खातामा नगद लाभांश पठाएको हो । ती दुई बाहेक अन्य केही बैंकले साधारणसभाबाट लाभांश पारित गराइसकेका भए पनि शेयरधनीको खातामा भने लाभांश पठाएका छैनन् । अरु बैंक पनि दशै अगाडी नै नगद लाभांश खातामा जम्मा गरिदिने अन्तिम तयारीमा छन् । 

बोनस शेयर भने खातामा आउन अझै धेरै समय लाग्नेछ । कम्पनी रजिष्ट्रारको कार्यालयलदेखि सिडिएससी नेप्सेमा सूचिकृत भए पछि मात्रै शेयरधनीले खरिद बिक्री गर्न पाउछन् ।  

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया