Nepal Life

कामना सेवा विकास बैंकको प्रोभिजनिङ घट्दा मुनाफा १८७ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी १४.५७ रुपैयाँ

National Life
  • BFIS News
  • 2023 Oct Fri 10:47
कामना सेवा विकास बैंकको प्रोभिजनिङ घट्दा मुनाफा १८७ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी १४.५७ रुपैयाँ
RBB

काठमाडौं । कामना सेवा विकास बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमाशिक अवधिमा १८७ प्रतिशतले मुनाफा बढाउन सफल भएको छ । कम्पनीले असोज मसान्तसम्ममा ११ करोड ९५ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा ४ करोड १५ लाख रुपैयाँ आर्जन गरेको थियो ।

NIMB

खुद व्याजदर आम्दानी घट्दा पनि बैंकले सञ्चालन मुनाफामा उल्लेख्य सुधार गरेको छ । यस वर्ष प्रोजिनिङ घट्दा मुनाफामा मद्दत गरेको छ । गत वर्षको यहि अवधिमा २५ करोड ६५ लाख रुपैयाँ थियो भने यस वर्ष जम्मा ९ करोड ५२ लाख रुपैयाँको मात्रै प्रोभिजनिङ गरेको छ । यस बाहेक बैंकको खुद व्याज आम्दानी ६.०१ प्रतिशतले घटेको छ । कर्जा विस्तार पनि घटेको छ ।

समिक्षा अवधिमा बैंकले निक्षेप संकलन १५.५ प्रतिशतले बढाएको छ । यस अवधिमा ५४ अर्ब ८३ करोड निक्षेप संकलन गरि ४३ अर्ब ५१ करोड रुपैयाँ कर्जा विस्तार गरेको छ । खुद व्याज आम्दानी ४९ करोड ९ लाख रुपैयाँ रहेको छ । वितरण योग्य मुनाफा २ करोड ५६ लाख रुपैयाँ मात्रै छ । यस आधारमा भने प्रतिशेयर आम्दानी ३.१२ रुपैयाँ मात्रै छ । तर खुद मुनाफाको आधारमा प्रतिशेयर आम्दानी १४.५७ रुपैयाँ छ । खराव कर्जा थप बढेर ३.४८ प्रतिशत पुगेको छ । कष्ट अफ फण्ड केहि घटेको छ ।

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया