NIMB Header 2
Prabhu Mahalaxmi

रास्वपा महाधिवेशनको बन्द सत्र निर्धारित समयभन्दा ढिलो हुने

United Ajod
  • BFIS News
  • 2026 Jun 22 12:30
रास्वपा महाधिवेशनको बन्द सत्र निर्धारित समयभन्दा ढिलो हुने
IME LIFE

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत दोस्रो दिन सञ्चालन हुने बन्द सत्र निर्धारित समयमै सुरु हुन नसकेको छ।

Nepal Life
NIMB

प्रतिनिधिहरूको पहिचान तथा प्रमाणीकरण प्रक्रिया लम्बिँदा कार्यक्रम ढिलो हुने भएको हो।

बन्द सत्र बिहान साढे ८ बजेका लागि तय गरिएको भए पनि प्रतिनिधिहरूको विवरण रुजु गर्ने कार्य जारी रहेकाले कार्यक्रम अझै प्रारम्भ हुन सकेको छैन। हाल चितवन प्रदर्शनी केन्द्रमा प्रतिनिधिहरू परिचयपत्रको आधारमा प्रवेश गरिरहेका छन्।

महाधिवेशन प्रतिनिधि चयन प्रक्रियामा यसपटक उल्लेख्य संख्यामा दाबी तथा विरोध परेपछि सम्बन्धित विवरणहरूको परीक्षण भइरहेको जनाइएको छ। केही संघीय सांसदहरू समेत प्रारम्भिक प्रतिनिधि सूचीमा समावेश नभएको भन्दै दाबी–विरोध दर्ता गराएका छन्।

पार्टीले दाबी–विरोधमाथिको छानबिन सम्पन्न भएपछि महाधिवेशन प्रतिनिधिहरूको अन्तिम नामावली सार्वजनिक गर्ने जनाएको छ।

कार्यक्रम सञ्चालन तथा व्यवस्थापन उपसमितिका संयोजक कविन्द्र बुर्लाकोटीका अनुसार दाबी–विरोधको व्यवस्थापन र प्रमाणीकरण प्रक्रियाका कारण बन्द सत्र निर्धारित समयभन्दा करिब डेढदेखि दुई घण्टासम्म ढिलो गरी सुरु हुन सक्ने अनुमान गरिएको छ।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार