Nepal Life

दशैको अवसरमा नबिल बैंकले सार्वजनिक गर्यो सन्देशमुलक भिडियो, युवालाई स्वदेश फर्किन आह्वान

National Life
  • BFIS News
  • 2023 Oct Fri 23:05
दशैको अवसरमा नबिल बैंकले सार्वजनिक गर्यो सन्देशमुलक भिडियो, युवालाई स्वदेश फर्किन आह्वान
RBB

काठमाडौं । नविल बैंकले नेपालीहरुको महान चाड दशैको अवसरमा सन्देशमुलक भिडियो सार्वजनिक गरेको छ । बैंकले वैदेशिक अध्ययनका नाममा युवाहरुको पलायनलाई मध्यनजर गर्दै यस्तो भिडियो तयार पारेको हो । 

NIMB

युवाहरूको वैदेशिक आकर्षण चाहे त्यो शैक्षिक छात्रवृत्तिमा होस् या वैदेशिक रोजगारीका लागि होस्, यो बढ्दो क्रममा छ । पढ्न गएका सन्तान नेपाल फर्कँदैनन् कि भन्ने अभिभावकको मनस्थिति अहिले देखिन थालेको छ । छोराछोरी विदेश भएका सम्पूर्ण आमाबुवाको मर्म समेटेर नबिल बैंक लिमिटेडले यस्तो भिडियो निर्माण गरेको हो ।  

विभिन्न समय परिस्थितिअनुसार देखिएको समस्यालाई सामना गर्ने गरी अभिप्रेरित गर्न र सामाजिक भावना दर्साउनका लागि भिडियो सामाग्री पस्कँदै आएको नबिल बैंकले बडादसैँको पूर्वसन्ध्यामा यो भिडियो तयार पारेको हो । यो भिडियो मार्फत छात्रवृत्तिमा जानु वा वैदेशिक अध्ययनमा जानुको अर्थ विदेश पलायन भएको होइन भन्ने सन्देश दिइएको छ । 

यस भिडियोमार्फत उच्च शिक्षा पश्चात् आफ्ना सन्तानहरू घर फर्किन्छन् र आफूले सिकेको ज्ञान र सीप प्रयोग गरेर यही देशको माटोमै केही गर्न प्रयास गर्नेछन् भन्ने आमाबुवाको आशालाई दर्साउन खोजिएको छ । साथै भिडियोले वैदेशिक अध्ययनको छात्रवृत्ति निस्कँदा अभिभावकमा आउने खुसी, समाजले गर्ने आशङ्का र सन्तानले बुझेको बुवाआमाको भावना पनि देखाउन खोजिएको छ । वैदेशिक अध्ययनका क्रममा लाखौ युवाहरु स्वदेश नफर्किएको र उनिहरुका बाबु आमाले निरासा भोगिरहनु परिरहेको तितो यथार्थलाई समेत चित्रण गरिएको छ । 

बैंकले डिजिटल भुक्तानीको अभ्यासलाई समेत देखाउन खोजेको छ । सामान्य रुपमा ट्याक्सी चढ्दा पनि क्युआर मार्फत भुक्तानी गरि नगद रहित बैंकङलाई जोड दिएको छ । 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया