महाधिवेशन प्रतिनिधि विवादले रास्वपाको बन्दसत्र प्रभावित, दिउँसोसम्म सुरु हुन सकेन
- BFIS News
- 2026 Jun 22 15:42
चितवन । Rastriya Swatantra Party को महाधिवेशन प्रतिनिधिको सङ्ख्या टुङ्गो नलाग्दा बन्दसत्र निर्धारित समयमा सुरु हुन सकेको छैन।
बिहान साढे ८ बजेबाट सुरु हुने तय गरिएको दोस्रो दिनको कार्यक्रम दिउँसो २ः२० बजेसम्म पनि सुरु हुन नसकेको हो। चितवन प्रदर्शनी केन्द्रमा उपस्थित महाधिवेशन प्रतिनिधिहरू परिचयपत्र देखाएर हलभित्र प्रवेश गर्ने, बाहिरिने तथा समय बिताइरहेका छन्।
पार्टीका प्रवक्ता Manish Jha ले केही जिल्ला तथा मधेश प्रदेशका पालिकाहरूमा अधिवेशन अन्तिम समयमा सम्पन्न भएको, केही स्थानमा अधिवेशन नै नभई तदर्थ समितिमार्फत प्रतिनिधि चयन गरिएको लगायतका कारण प्रतिनिधिको सङ्ख्या रुजु तथा अद्यावधिक गर्ने काम जारी रहेकाले बन्दसत्र सुरु हुन नसकेको बताउनुभयो।
उहाँका अनुसार केही सङ्घीय सांसदहरू समेत महाधिवेशन प्रतिनिधिको सूचीमा नपरेपछि दाबी–विरोधका फाराम दर्ता भएका छन्। ती विषयको अन्तिम टुङ्गो लगाएर प्रतिनिधिको अन्तिम सूची सार्वजनिक गर्ने तयारी भइरहेको छ।
महाधिवेशन कार्यक्रम सञ्चालन तथा व्यवस्थापन उपसमितिका संयोजक Kavindra Burlakoti ले बन्दसत्र निर्धारित समयभन्दा केही घण्टा ढिलो हुने जानकारी दिनुभएको छ।
प्रतिनिधिको अन्तिम सूची टुङ्गिएपछि मात्र बन्दसत्र औपचारिक रूपमा सुरु हुने अपेक्षा गरिएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)










.jpeg)

प्रतिक्रिया