ग्लोबल आइएमईले दशै विदामा पनि बैंकिङ सुविधा सुचारु राख्ने, हेर्नुहोस् यि काउन्टर खुला रहनेछन्
- BFIS News
- 2023 Oct Fri 23:33
काठमाडौं । ग्लोबल आइएमई बैंकले नेपालीहरुको महान चाड दशैको विदामा पनि सातै प्रदेशमा तोकिएका शाखा कार्यलायहरु खुला राख्ने भएको छ । दशैको अवसरमा आगामी एक साता सार्वजनिक विदा हुनेछ । सार्वजनिक विदामा ग्राहकहरुलाई बैंकिङ सुविधा प्राप्त गर्न असहज नहोस् भन्ने उद्देश्यका साथ बैंकले नगद कारोबारलाई सुचारु राख्ने भएको हो ।
बैंकले अल्टरनेटिभ रुपमा विभिन्न शाखा कार्यलायहरुलाई खुला राख्नेछ । दशै विदाको अवसरमा देशका प्रमुख सहरहरुमा शाखा खुला रहनेछ । यस्ता काउन्टरहरु विहान १० बजेदेखि २ बजेसम्म खुला रहनेछ । दशैको टिकाको दिनमा भने जम्मा एउटा शाखा मात्रै खुला रहनेछ । बैंकले शनिवार २६ वटा शाखा खुला राख्नेछ । ग्राहकहरुले कुनै पनि समयमा अनलाइन गर्न पाउने छन् । हेर्नुहोस् कुन कुन शाखा कार्यालय खुला रहने छन् ।
प्रतिक्रिया