रास्वपाको महाधिवेशन हलमा संस्थापक मुकुल ढकालको फोटो, तर छैनन् कार्यक्रममा सहभागी
- BFIS News
- 2026 Jun 22 16:35
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चितवनमा जारी प्रथम महाधिवेशनको बन्दसत्र हलभित्र पार्टीका संस्थापक केन्द्रीय सदस्य डा. मुकुल ढकालको फोटो राखेको छ ।
ढकाल हाल रास्वपामा आबद्ध छैनन् । उनी पार्टीका संस्थापक महामन्त्री, केन्द्रीय सदस्य तथा प्रवक्ताको भूमिकामा रहेका थिए ।
रास्वपाले प्रथम महाधिवेशनमा निम्ता नगरेको भन्दै ढकालले यसअघि असन्तुष्टि व्यक्त गरेका थिए । पार्टीलाई विगतमा आलोचना गर्ने व्यक्तिहरूलाई स्वागत गरिए पनि पार्टी स्थापना गर्ने व्यक्तिलाई निम्ता नगरिएको उनको गुनासो थियो ।
यस्तै रास्वपा स्थापना हुँदाका उपसभापति डोलप्रसाद अर्याल हाल सभामुख छन् । उनी पार्टीमै रहे पनि महाधिवेशनमा सहभागी भएका छैनन् ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)












प्रतिक्रिया