साग्रिला डेभलपमेन्ट बैंकले घोषणा गर्यो अहिलेसम्मकै कम लाभांश, ५ प्रतिशत बोनस शेयरमै सिमित
- BFIS News
- 2023 Oct Sat 05:17
काठमाडौं । साग्रिला डेभलपमेन्ट बैंकले अहिलेसम्मकै सर्वाधिक कम लाभांश घोषणा गरेको छ । बैंकको कार्तिक ३ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद लाभांशको पनि प्रस्ताव गरेको छ ।
हाल बैंकको चुक्ता पूँजी ३ अर्ब २६ करोड रुपैयाँ रहेको छ । यसै पूँजीको आधारमा बैंकले १३ करोड ३३ लाख ७९ हजार रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । यस्तै ८५ लाख ९८ हजार रुपैयाँ नगद लाभांशको रुपमा कर भुक्तानी गर्नेछ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्रै शेयरधनीले प्राप्त गर्ने छन् । विगत १२ वर्षको अवधिमा बैंकले सर्वाधिक धेरै २१.३ प्रतिशतसम्म लाभांश दिएको पाइन्छ ।
हेर्नुहोस् बैंकले घोषणा गरेको अहिलेसम्मको लाभांश
प्रतिक्रिया