नविल बैंकले दशै विदामा ३३ वटा शाखा कार्यालय खोल्ने, १० लाखसम्म जम्मा गर्न र दुई लाखसम्म झिक्न पाउने
- BFIS News
- 2023 Oct Sat 06:05
काठमाडौं । नविल बैंकले ग्राहकहरुको सुविधालाई मध्यजनर गर्दै सातै प्रदेशको प्रमुख शहरहरुका ३३ वटा शाखा कार्यालय खुला राख्ने भएको छ । बैंकले केन्द्रिय कार्यालय तीनधारा र घण्टाघरको काउन्टर विहान १० बजेदेखि ४ बजेसम्म खुला गर्नेछ भने अन्य तोकिएका शाखा कार्यालय विहान १० बजेदेखि १ बजेसम्म खुल्ने छन् ।
दशैमा खोलिने काउन्टरहरुले सिमित कारोबारको मात्रै सुविधा प्रदान गर्ने छन् । ग्राहकले १० लाख रुपैयाँसम्म जम्मा गर्न र २ लाख रुपैयाँसम्म रकम निकाल्न पाउने छन् ।
प्रतिक्रिया