NIMB Header 2
Nepal Life

कसरी सुरु भएको थियो जुवाको परम्परा ?

Muktinath Bank
  • BFIS News
  • 2023 Oct 22 10:44
कसरी सुरु भएको थियो जुवाको परम्परा ?
National Life

काठमाडौं । हरेक पर्वहरुमा कुनै न कुनै परम्परा जोडिएको हुन्छ। यी परम्परामा केही सकारात्मक पक्ष छन् भने केहीमा नकारात्मक पक्ष पनि छन्। दीपावलीको रातमा जुवा खेल्ने परम्परा रहिआएको छ। तर, यो एउटा नकारात्मक परम्परा हो। 

Shikhar
NIMB

यो प्रचलनको सुरुवात भने भगवान शिव र पार्वतीबाट भएको मानिन्छ। दीपावलीको रातमा भगवान शिव र पार्वतीले जुवा खेलेका थिए। यसपछि नै जुवा खेल दीपावलीसँग जोडिएको मानिन्छ। तर, शिव र पार्वतीले खेलेको उक्त जुवाबारे कुनै पनि ग्रन्थमा भने उल्लेख गरिएको पाइँदैन। 

दीपावलीमा जुवा खेल्ने प्रचलन रहेपनि जुवा, तास खेल्नु राम्रो भने होइन। यसले धेरैको घरबार उठिबास गराएको घटनाहरु पटक-पटक दोहोरिने गरेको छ भने परापूर्व कालमा पनि धेरैले आफ्नो सर्वस्व गुमाएको र त्यसलाई पुन: प्राप्त गर्न निकै कठिन भएको ग्रन्थहरूमा उल्लेख गरिएको छ। ग्रन्थमा उल्लेख भएका केही यस्ता घटनाहरुबारे थाहा पाऔँ:

राजा नलले गुमाए आफ्नो राज्य

महाभारतमा राजा नल र दमयन्तीको कथा आउँछ। दुवैमा माया प्रेम पनि गहिरो हुन्छ। एक पटक उनी आफ्ना आफन्तसँग जुवा खेल्न बसे। सुरुवातमा सुनको मोहरबाट दाउ लगाउन सुरु गरियो। राजा नलका आफन्त कपटी थिए र उनले छलकपटबाट राजा नलको सम्पत्तिसहित राज्य, सेना, महल सबै जिते। जुवाकै कारण राजा नलले सर्वस्व गुमाउन पुगे। आफ्नो राज्य पुन फिर्ता लिनका लागि उनलाई निकै ठूलो संघर्ष गर्नुपर्‍यो। 

पत्नी समेत हारेका थिए पाण्डवले

महाभारतको युद्धको प्रमुख कारण बनेको थियो जुवा। महाभारतका अनुसार दुर्योधनले शकुनीको साथमा मिलेर पाण्डवलाई छलकपट गरेर जुवामा इन्द्रप्रस्थ जितेका थिए। युधिष्ठिरले दाउमा दाउ लगाउँदै हार्दै गए। अन्तिममा आफूलाई, आफ्ना चार भाइलाई पनि जुवामा दाउ लगाए र त्यसमा पनि सफल हुन सकेनन्। यसपछि उनले पत्नी द्रौपदीलाई दाउमा हाले र हारे। द्रौपदीको चीरहरण भयो। त्यसपछि पाण्डवले १३ वर्षसम्म वनवास बिताउनुपर्‍यो। 

महाभारतमा भगवान् श्रीकृष्णले अर्जुनलाई युधिष्ठिरको जुवा खेल्ने बानी नभएको भए उनलाई भगवान्‌को दर्जा मिल्ने थियो तर, उनको जुवाको लतले अन्य सबै गुण दबिएको जनाएको उल्लेख गरिएको छ। 

बलराम पनि हारेका थिए जुवामा

श्रीमद्भागवतको एक कथाका अनुसार, भगवान श्रीकृष्णका दाई बलरामले पनि जुवा खेलेका थिए। श्रीकृष्ण र रुक्मिणी पुत्रको विवाहका क्रममा रूक्मिणीका भाई रूक्मीसँग जुवा खेलेका थिए। सरल स्वभावका उनलाई रक्मीले छलकपट गरेर जिते र विवाह समारोहमा अपमान गर्न लागे। यसबाट रिसाएका बलरामले रुक्मीको हत्या गरिदिए र विवाहको माहोल नै तितरवितर भएको थियो।

यसरी जुवाले धेरैको सर्वस्व गुमेको छ भने अन्य धेरैले घरबार छाडेर हिड्नुपर्ने अवस्थामा पुगेका छन्।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया