Nepal Life

निर्जीवन बीमामा मोटर बीमाको दबदबा, ११ महिनामा १३ अर्ब ७८ करोड रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Jun 30 13:55
निर्जीवन बीमामा मोटर बीमाको दबदबा, ११ महिनामा १३ अर्ब ७८ करोड रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूको व्यवसायमा मोटर बीमाको हिस्सा सबैभन्दा ठूलो देखिएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्म मोटर बीमाले कुल निर्जीवन बीमा व्यवसायको ३०.२५ प्रतिशत हिस्सा ओगटेको छ।

 

Nepal Life
NIMB

नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार ११ महिनाको अवधिमा निर्जीवन बीमा कम्पनीहरूले कुल ३१ लाख ६ हजार ६२२ वटा बीमालेख बिक्री गरी ४५ अर्ब ५८ करोड ३४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्।

सबैभन्दा धेरै मोटर बीमाबाट १५ लाख १२ हजार ५६६ वटा बीमालेख बिक्री भई १३ अर्ब ७८ करोड ६८ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ। सवारी साधनको बढ्दो प्रयोग र अनिवार्य मोटर बीमाको सरकारी व्यवस्थाले यस क्षेत्रमा व्यवसाय विस्तार भएको देखिएको छ।

सम्पत्ति बीमा दोस्रो ठूलो क्षेत्र बनेको छ। यस अवधिमा ४ लाख १७ हजार ६८० वटा सम्पत्ति बीमालेख बिक्रीबाट १० अर्ब ७७ करोड १४ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ।

यस्तै, इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमाबाट ३१ हजार ४७४ वटा बीमालेख बिक्री गरी ८ अर्ब ६३ करोड १७ लाख रुपैयाँ आम्दानी भएको छ। विविध बीमाबाट १ लाख ५६ हजार २५७ वटा बीमालेख बिक्री गरी ४ अर्ब ५५ करोड ८१ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ।

सामुद्रिक बीमाअन्तर्गत ३ लाख ७६ हजार २८९ वटा बीमालेख बिक्रीबाट २ अर्ब ८० करोड ४० लाख रुपैयाँ, हवाई बीमाअन्तर्गत २२२ वटा बीमालेखबाट २ अर्ब २८ करोड ४८ लाख रुपैयाँ तथा कृषि तथा बाली बीमाबाट १ लाख ४६ हजार ८०४ वटा बीमालेख बिक्री गरी १ अर्ब ५३ करोड ७३ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको तथ्यांकमा उल्लेख छ।

सबैभन्दा कम आम्दानी लघुबीमाबाट भएको छ। यस अवधिमा लघु बीमालेखमार्फत १ अर्ब २० करोड ८९ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ।

प्रदेशगत बीमाशुल्क संकलनको विवरण भने सम्बन्धित तथ्यांकसहित छुट्टै सार्वजनिक गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया