NIMB Header 2
Nepal Life

नेप्सेमा २६.२९ अंकको गिरावट, कारोबार ३ अर्ब ५५ करोडमाथि

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Jul 06 16:53
नेप्सेमा २६.२९ अंकको गिरावट, कारोबार ३ अर्ब ५५ करोडमाथि
United Ajod

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २६.२९ अंकले घटेर २६२७.११ बिन्दुमा झरेको छ।

 

Nepal Life
NIMB

आज ३५६ कम्पनीका ७५ लाख ४० हजार कित्ता शेयर खरिद–बिक्री हुँदा कुल ३ अर्ब ५५ करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

कारोबार भएका कम्पनीमध्ये ३४ कम्पनीको शेयर मूल्य बढेको छ भने २३९ कम्पनीको शेयर मूल्य घटेको छ। बाँकी कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।

आज स्नो रिभर्स हाइड्रोपावर, सानिगाड हाइड्रोपावर र कालंगा हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

समग्र बजारमा अधिकांश कम्पनीको शेयर मूल्य घटेसँगै नेप्से परिसूचकमा उल्लेख्य गिरावट देखिएको हो।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया