नेप्से घट्दा यी १० कम्पनीको शेयर सर्वाधिक कारोबार
- BFIS News
- 2026 Jul 06 16:55
काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २६.२९ अंकले घट्दा ३ अर्ब ५५ करोड ७९ लाख ८१ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। आज ३५६ सूचीकृत कम्पनीका ७५ लाख ४० हजार ४१८ कित्ता शेयर खरिद–बिक्री भएका छन्।
कारोबार रकमका आधारमा आज सबैभन्दा बढी ८.५ प्रतिशत नेपाल इन्भेष्टमेन्ट बैंक डिबेन्चर २०८४ को कारोबार भएको छ। दोस्रो स्थानमा सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेड, तेस्रोमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड तथा चौथो स्थानमा आँखुखोला जलविद्युत कम्पनी लिमिटेड रहेका छन्।
त्यसैगरी, ग्लोबल आइएमई बैंक लिमिटेड डिबेन्चर २०८६/८७, सिटी होटल लिमिटेड, शिवम् सिमेन्ट्स लिमिटेड, १० प्रतिशत एनआईएमबी डिबेन्चर २०९०, रिडी पावर कम्पनी लिमिटेड र अपी पावर कम्पनी लिमिटेड पनि सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा परेका छन्।
नेप्सेमा अधिकांश कम्पनीको शेयर मूल्य घटेसँगै बजार परिसूचकमा पनि उल्लेख्य गिरावट देखिएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)












प्रतिक्रिया