समस्याग्रस्त तुलसी सहकारीका ३७७ ऋणीको विवरण सार्वजनिक, ऋण चुक्ता गर्न समितिको निर्देशन
- BFIS News
- 2026 Jul 07 10:24
काठमाडौं। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित तुलसी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडसँग सम्बन्धित ३७७ जना ऋणीको विवरण सार्वजनिक गर्दै बाँकी ऋण तत्काल भुक्तानी गर्न आग्रह गरेको छ।
समितिले सार्वजनिक गरिएको विवरण उपलब्ध अभिलेखका आधारमा तयार गरिएको जनाएको छ।
समितिका अनुसार संस्थाको ऋण अभिलेखका आधारमा ऋणीहरूको नामावली सार्वजनिक गरिएको हो। यस क्रममा यसअघि नै ऋण चुक्ता गरिसकेका भए पनि नाम सूचीमा समावेश भएका व्यक्तिलाई सम्बन्धित प्रमाणसहित समितिको कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ।
समितिले अझै ऋण बाँकी रहेका ऋणीलाई यथाशीघ्र कार्यालयमा सम्पर्क गरी दायित्व भुक्तानी गर्न आग्रह गरेको छ। निर्धारित प्रक्रियाअनुसार ऋण नतिरे प्रचलित कानुनबमोजिम असुली प्रक्रिया अघि बढाइने चेतावनी पनि दिइएको छ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार ऋणीहरूको विवरण सार्वजनिक गर्नुको उद्देश्य सहकारीको बाँकी रकम असुली प्रक्रिया प्रभावकारी बनाउनुका साथै बचतकर्ताको हित संरक्षण गर्नु हो।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)












प्रतिक्रिया