NIMB Header 2
Nepal Life

मुलुकको आर्थिक वृद्धि र जनताको पहुँच पुग्नेगरी बजेट ल्याइएको छ: अर्थमन्त्री महत

National Life
  • BFIS News
  • 2023 Jul 01 05:55
मुलुकको आर्थिक वृद्धि र जनताको पहुँच पुग्नेगरी बजेट ल्याइएको छ: अर्थमन्त्री महत
Sanima Reliance

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट मुलुकको आर्थिक वृद्धि गर्ने र त्यसमा आम नागरिकको पहुँच पुर्‍याउने गरी ल्याइएको दाबी गरेका छन् । 

Shikhar
NIMB

शुक्रबार राष्ट्रिय सभाको दोस्रो बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावमाथि सांसदले उठाएका प्रश्नको जवाफ दिनेक्रममा उहाँले सो कुरा बताउनु भएको हो। 

अर्थमन्त्री महतले बजेट संघीयता विरोधी नभएको जिकीर गर्नुभयो। धेरै आम्दानी गर्नेलाई करको दायरामा ल्याउने काम बजेटमा गरिएको उल्लेख गर्दै उहाँले त्यसमा पनि असन्तुष्टि व्यक्त गर्नुको कुनै अर्थ नरहेको पटकपटक दोहोर्‍याउनु भयो। 

शब्दजालको कुरा भन्दा पनि आर्थिक वृद्धिको कुरालाई ध्यान दिएर सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएको अर्थमन्त्री महतको भनाइ थियो। 

उनले भने, ‘‘संघीयता अनुसार हामी नगएको पनि होइन। समाजवाद उन्मुख कुरा धेरै पटक आइसक्यो। खाली शब्दले मात्रै केही हुँदैन। आर्थिक वृद्धि गर्ने र आर्थिक वृद्धिको पहुँच आम नागरिकलाई पुर्याउने नै यो बजेटको लक्ष्य हो। करको जुन व्यवस्था गरेका छौं। यसले धेरै आम्दानी गर्छ। करको दायरामा नआएकालाई करको दायरामा ल्याउने काम गरिएको छ। यसलाई ठिक ढंगले बुझिदिन म आग्रह गर्न चाहन्छु।’’

अर्थमन्त्री महतले आगामी आर्थिक वर्षमा राजस्व बढ्ने दाबीसमेत गरे । राजस्व बढ्छ भन्ने अपेक्षाका साथ योजना बजेटमा उल्लेख गरिएको उनले बताए ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया