Nepal Life

दशैंमा पाउनुभएको दक्षिणाले के गर्नु हुन्छ ? विचार गर्नुहोस् यसरी गर्न सकिन्छ उपयोग

National Life
  • BFIS News
  • 2023 Oct Fri 07:20
दशैंमा पाउनुभएको दक्षिणाले के गर्नु हुन्छ ? विचार गर्नुहोस् यसरी गर्न सकिन्छ उपयोग
RBB

काठमाडौं । दशैंमा मान्यजन तथा आफन्तले दिएको दक्षिणा एक हिसावले उपहार नै हो । जसले सद्भावपुर्वक दक्षिणा दिएका हुन्छन् उनिहरुले यसका लागि ठुलो मिहिनेत र परिश्रम गरेर आर्जन गरेका हुन्छन् । यस्तो रकमलाई हामी सित्तैमा आएको ठानेर फजुल खर्च गरिरहेका हुन्छौ तर सहि हिसावले लगानी गर्ने हो भने यसले भविष्यमा ठुलो मूल्य निर्माण गर्न सक्छ ।

 

NIMB

देख्दा सानो रकम लागे पनि यसलाई सहि ठाउँमा लगानी गर्ने तथा बैंकमा बचत गर्ने हो भने भविष्यमा यसैले ठुलो गर्जो टार्न मद्दत गर्नेछ । आफु सँग जति रकम जम्मा भएको छ त्यसमा अलिकति मात्रै थप्ने हो भने अझ राम्रो क्षेत्रमा लगानी गर्न सकिन्छ ।

लक्ष्मी सनराइज बैंकले यसै सन्दर्भमा जनचेतनामुलक सन्देश निर्माण गरेको छ । बैंकले दशैको दक्षिणालाई चुरोट, रक्सी, जुवा तास जस्ता क्षैत्रमा खर्च नगरी रोक्नु पर्ने जनाएको छ । यसरी रोकिएको रकमलाई नयाँ सामान खरिद गर्ने, पार्टीमा जाने र घुमघाममा खर्च गर्नु अगाडी सोच्नु पर्छ । नयाँ सामान खरिद गर्दै गर्दा एकदमै आवश्यक छ भने मात्रै खरिद गर्नु पर्छ होइन भने अनावश्यक रुपमा नयाँ सामान खरिद गरेर दक्षिणा जस्तो पवित्र रकमलाई खर्च गर्नु हुँदैन ।

साथिहरु सँग रमाइलो गर्ने नाममा पार्टी गर्ने घुम्न जाने बानिलाई पनि रोक्ने हो भने हाम्रो खर्च जोगिन्छ । यसरी जोगाइएको रकमलाई बचत गर्नु सबैभन्दा बुद्धिमता हुन्छ । यस्तो रकमलाई शिक्षा, पढाइ स्वास्थ्य क्षेत्रमा खर्च गर्ने हो भने अझ उपयोगी हुने बैंकको सुझाव छ । 

यसका अतिरक्त बचत भएको रकमलाई हामीले साना साना लगानीका क्षेत्रमा उपयोग गर्न सकिन्छ । पछिल्लो समय शेयर बजार धेरै नै तल झरेको छ । यस्तो समयमा थोरै रकममा पनि सस्ता शेयर खरिद गरेर राख्न सकिन्छ । यसका बाहेक बैंकको मुद्दती निक्षेपमा जम्मा गर्ने हो भने अझ राम्रो हुन्छ ।

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया