वार्षिक शुल्क नतिरेका डिम्याट खातावालालाई साउन १५ सम्म मेरोसेयर प्रयोग गर्न दिने, त्यसपछि खाता फ्रिज हुने
- BFIS News
- 2026 Jul 20 11:44
काठमाडौं । सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले वार्षिक खाता सञ्चालन (मेन्टिनेन्स) शुल्क नतिरेका हितग्राही (Beneficial Owner–BO) खातावालालाई पनि साउन १५ गते २०८३ सम्म मेरोसेयर (Meroshare) सेवा प्रयोग गर्न दिने व्यवस्था गरेको छ।
सीडीएससीका अनुसार हितग्राही (बीओ) खाताको वार्षिक सञ्चालन शुल्क असार मसान्तसम्म बुझाइसक्नुपर्ने व्यवस्था रहेको थियो। तर, शुल्क नतिरेका खातावालालाई पर्न सक्ने असुविधालाई मध्यनजर गर्दै साउन १५ गतेसम्म मेरोसेयर सेवा प्रयोग गर्न सकिने गरी अवधि थप गरिएको हो।
कम्पनीले साउन १६ गते २०८३ देखि वार्षिक शुल्क नतिरेका हितग्राही खाताहरू फ्रिज (निष्क्रिय) गरिने जनाएको छ। खाता फ्रिज भएपछि बीओ खातासँग सम्बन्धित विभिन्न सेवा अवरुद्ध हुन सक्ने भएकाले तोकिएको समयभित्र बक्यौता वार्षिक शुल्क अनिवार्य रूपमा बुझाउन सीडीएससीले सबै खातावालासँग आग्रह गरेको छ।
सीडीएससीले समयमै शुल्क भुक्तानी गरी आफ्नो बीओ खाता नियमित अवस्थामा राख्न तथा सेवा अवरुद्ध हुन नदिन सम्बन्धित निक्षेप सदस्य (डीपी) मार्फत आवश्यक प्रक्रिया पूरा गर्न पनि अनुरोध गरेको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)












प्रतिक्रिया