Nepal Life

स्ट्याण्डर्ड चार्टर्ड बैंकले घोषणा गर्यो लाभांश, पूँजी भन्दा जगेडा बलियो : हेर्नुहोस् १३ वर्षको लाभांश इतिहास

National Life
  • BFIS News
  • 2023 Oct Mon 19:42
स्ट्याण्डर्ड चार्टर्ड बैंकले घोषणा गर्यो लाभांश, पूँजी भन्दा जगेडा बलियो : हेर्नुहोस् १३ वर्षको लाभांश इतिहास
RBB

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले १९ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकको आज ३ बजेर १५ मिनेटमा बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजी ९ अर्ब ४२ करोड रुपैयाँको १९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

NIMB

बैंकले कर प्रयोजन सहित एक अर्ब ७९ करोड रुपैयाँ नगद लाभांश वितरण गर्नेछ । गत वर्ष पनि नगद लाभांश नै दिएको बैंकले यस वर्ष झन् धेरै नगद लाभांश वितरण गर्ने भएको हो । यस वर्ष पनि नगद लाभांश वितरण गरेकाले बैंकको प्रतिशेयर आम्दानी भने अझ बढ्ने देखिएको छ । बैंकले बोनस शेयर भन्दा धेरै नगद लाभांशलाई प्राथमिकता दिदै आएको छ ।

बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद मुनाफा ३ अर्ब ५२ करोड थियो । त्यसमा पनि वितरण योग्य मुनाफा २ अर्ब ७३ करोड थियो । यसबाटै अधिकाम्स रकम नगद लाभांशको रुपमा वितरण गर्ने भएको हो । बैंकको जगेडा कोषमा ८ अर्ब रुपैयाँ रहेको छ । यस वर्ष पनि नगद लाभांश मात्रै दिएकाले बैंकको चालु आर्थिक वर्षमै पूँजी भन्दा धेरै जगेडा कोष धेरै हुने भएको छ ।

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया