NIMB Header 2
Prabhu Mahalaxmi

नेपाल राष्ट्र बैंकको सञ्चालक समिति सात सदस्यीय रहने, एक महिला सदस्य अनिवार्य

United Ajod
  • BFIS News
  • 2026 Aug 04 13:23
नेपाल राष्ट्र बैंकको सञ्चालक समिति सात सदस्यीय रहने, एक महिला सदस्य अनिवार्य
IME LIFE

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले नेपाल राष्ट्र बैंकको सञ्चालक समिति सात सदस्यीय नै राख्ने र त्यसमा कम्तीमा एक महिला सदस्य अनिवार्य रहने व्यवस्थामा सहमति जनाएको छ।

Nepal Life
NIMB

मंगलबार बसेको समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफलका क्रममा उक्त सहमति भएको हो।

विधेयकमा प्रारम्भिक रूपमा राष्ट्र बैंकको सञ्चालक समितिलाई नौ सदस्यीय बनाउने प्रस्ताव राखिएको थियो। तर, छलफलका क्रममा हाल कायम रहेको सात सदस्यीय संरचनालाई यथावत् राख्ने निष्कर्ष निकालिएको समितिका सदस्यहरूले बताएका छन्।

सहमतिअनुसार सञ्चालक समितिमा सात सदस्य रहनेछन् भने तीमध्ये कम्तीमा एक जना महिला सदस्यको प्रतिनिधित्व सुनिश्चित गरिनेछ। संशोधित व्यवस्था विधेयकको अन्तिम रूपसँगै अघि बढाइनेछ।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार