Nepal Life

ग्लोबल आइएमई लघुवित्तको मुनाफा २७ प्रतिशतले बढ्यो, आर्थिक मन्दीले व्याज असुलीमा समस्या   

National Life
  • BFIS News
  • 2023 Nov Wed 10:16
ग्लोबल आइएमई लघुवित्तको मुनाफा २७ प्रतिशतले बढ्यो, आर्थिक मन्दीले व्याज असुलीमा समस्या   
RBB

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०८०/८१ को प्रथम त्रैमाशिक अवधिमा ३ करोड ४० लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । संस्थाले गत वर्षको यहि अवधिमा २ करोड ६७ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

NIMB

संस्थाले समिक्षा अवधिमा खुद व्याज आम्दानी १५ करोड ५७ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा १३ करोड ६८ लाख रुपैयाँ आर्जन गरेको थियो । ग्लोबल आइएमई लघुवित्तले समिक्षा अवधिमा तीन अर्ब २३ करोड रुपैयाँ निक्षेप स्कलन गरी ७ खर्ब ६२ करोड कर्जा प्रवाह गरेको छ । यस वर्ष कर्जा प्रवाह घटेको छ । गएको वर्ष कर्जा प्रवाह ८ अर्ब ४८ करोड थियो ।

संस्थाको निष्कृय कर्जा २.७३ प्रतिशतबाट बढेर ४.७६ प्रतिशत पुगेको छ । पछिल्लो समय लघुवित्त वित्तीय संस्थामा खराव कर्जा बढ्दो क्रममा छ । कर्जाको सावाँ र व्याज असुलीमा समस्या देखिएकोले निष्कृय कर्जा बढ्दै गइरहेको संस्थाले जनाएको छ ।

संस्थाको प्रतिशेयर आम्दानी २१.९८ रुपैयाँ रहेको छ भने पिइ रेसियो ३९.७६ गुणा रहेको छ । चुक्ता पूँजी ६१ करोड ८९ लाख रुपैयाँ रहेको छ ।

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया