NIMB Header 2
Prabhu Mahalaxmi

चार महिनापछि सन नेपाल लाइफका सीईओ राजकुमार अर्याल काममा फर्किए

United Ajod
  • BFIS News
  • 2026 Aug 07 14:50
चार महिनापछि सन नेपाल लाइफका सीईओ राजकुमार अर्याल काममा फर्किए
IME LIFE

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजकुमार अर्याल चार महिनापछि पुनः जिम्मेवारीमा फर्किएका छन्।

Nepal Life
NIMB

कर्मचारीका लागि छुट्याइएको सेयर वितरणसम्बन्धी विवादमा पक्राउ परेका अर्याल सञ्चालक समितिको निर्णयपछि पूर्ववत् काममा फर्किएका हुन्।

अर्याललाई कर्मचारीका लागि आरक्षित ४ लाख ९० हजार कित्ता सेयर वितरणमा अनियमितता गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गत चैत १६ गते पक्राउ गरेको थियो। उनलाई चैत २६ गते रिहा गरिएको थियो।

जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले दोस्रो पटक हिरासतमा राख्न म्याद थप गर्न अस्वीकार गरेपछि अर्याल रिहा भएका थिए।

कम्पनीका अनुसार बिहीबार बसेको सञ्चालक समितिको बैठकले अर्याललाई पुनः जिम्मेवारीमा फर्काउने निर्णय गरेको हो। सीआईबीले अनुसन्धान पूरा गरी मुद्दा चलाउने प्रयोजनका लागि अनुसन्धान प्रतिवेदन पेश नगरेपछि उनी काममा फर्किएको कम्पनीले जनाएको छ।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया