एनएमबि सरल बचत फण्ड–इले ५.२५ प्रतिशत नगद प्रतिफल वितरण गर्ने
- BFIS News
- 2026 Aug 07 16:56
काठमाडौं, साउन २२ एनएमबि म्युचुअल फण्डअन्तर्गत सञ्चालनमा रहेको एनएमबि सरल बचत फण्ड–इ ले आर्थिक वर्ष २०८२/८३ का लागि ५.२५ प्रतिशत (करसहित) नगद प्रतिफल वितरण गर्ने भएको छ।
योजना व्यवस्थापक एनएमबि क्यापिटल लिमिटेडका अनुसार २०८३ असार मसान्तसम्म कायम ४ अर्ब ८१ करोड १७ लाख ५५ हजार ९७८ रुपैयाँ ४० पैसा इकाई पुँजीको आधारमा २५ करोड ६८ लाख १७ हजार १८८ रुपैयाँ ८७ पैसा बराबरको नगद प्रतिफल वितरण गर्ने निर्णय गरिएको हो।
कम्पनीका अनुसार साउन २१ गतेसम्म इकाईधनी दर्ता किताबमा कायम रहेका लगानीकर्ता मात्र उक्त प्रतिफल प्राप्त गर्न योग्य हुनेछन्।
प्रतिफल वितरण प्रक्रिया नियामकीय व्यवस्था अनुरूप पारदर्शी र व्यवस्थित ढंगले सम्पन्न गरिने कम्पनीले जनाएको छ।
लाभांश पुनर्लगानी (डिभिडेन्ड रिइन्भेष्टमेन्ट प्लान) रोजेका इकाईधनीहरूले प्राप्त प्रतिफलबाट थप इकाई खरिद गरी आफ्नो लगानी विस्तार गर्न सक्नेछन्। पुनर्लगानी योजना नछानेका इकाईधनीको हकमा भने कर कट्टीपश्चात् प्रतिफल सम्बन्धित बैंक खातामा जम्मा गरिने कम्पनीले जनाएको छ।
एनएमबि क्यापिटलले दीर्घकालीन लगानी व्यवस्थापन, जोखिम नियन्त्रण तथा स्थिर प्रतिफलमार्फत लगानीकर्ताको विश्वास अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा पनि बजारको अवस्था, लगानी अवसर र लगानीकर्ताको हितलाई प्राथमिकतामा राखेर प्रभावकारी फण्ड व्यवस्थापनलाई निरन्तरता दिने जनाएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)










प्रतिक्रिया