Nepal Life

सर्वाधिक महंगो कम्पनी युनिलिभर नेपालको आम्दानी र नाफा दुवै घट्यो, २० प्रतिशतले खुम्चियो खुद मुनाफा

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Aug 13 11:12
सर्वाधिक महंगो कम्पनी युनिलिभर नेपालको आम्दानी र नाफा दुवै घट्यो, २० प्रतिशतले खुम्चियो खुद मुनाफा

काठमाडौं । शेयर बजारमा सर्वाधिक महँगो मूल्यमा कारोबार हुने कम्पनी युनिलिभर नेपाल लिमिटेडको आम्दानी र खुद नाफा दुवै घटेको छ। आर्थिक गतिविधिमा आएको सुस्तताको प्रभाव कम्पनीको व्यवसायमा परेको देखिएको छ।

Nepal Life
NIMB

युनिलिभर नेपाल लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै अघिल्लो आर्थिक वर्षको तुलनामा खुद नाफा २०.०५ प्रतिशतले घटेको जनाएको हो।

विवरणअनुसार गत आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीले १ अर्ब ५७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा १ अर्ब ९७ करोड रुपैयाँ रहेको थियो।

कम्पनीको आम्दानीमा आएको कमी र खर्चमा भएको वृद्धिका कारण खुद नाफा घटेको हो। समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ४.०३ प्रतिशतले घटेको छ। त्यस्तै, कुल आम्दानी पनि ४.४० प्रतिशतले घटेको छ। आम्दानी घटे पनि कम्पनीको कुल खर्च भने २.२२ प्रतिशतले बढेको वित्तीय विवरणमा उल्लेख छ।

नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) पनि घटेको छ। समीक्षा अवधिमा ईपीएस ४२९ रुपैयाँ ५३ पैसा घटेर १ हजार ७१२ रुपैयाँ २७ पैसामा सीमित भएको छ।

असार मसान्तसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ ५ हजार ५३९ रुपैयाँ रहेको छ। त्यस्तै, कम्पनीको मूल्य आम्दानी अनुपात (पीई रेसियो) २७.५७ गुणा रहेको छ।

९ करोड २१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको युनिलिभर नेपालको रिटेन्ड अर्निङ भने ४ अर्ब ७७ करोड ३६ लाख रुपैयाँ रहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार