जीवन बीमा कम्पनीको कर्मचारी खर्च ५.०५% बढ्यो, हिमालयन लाइफको सबैभन्दा धेरै
- BFIS News
- 2026 Aug 17 17:39
काठमाडौं, भदौ १ गते । गत आर्थिक वर्ष २०८२।८३ मा जीवन बीमा कम्पनीहरूको कर्मचारी तलबभत्तातर्फको खर्च सामान्य बढेको छ। सञ्चालनमा रहेका १४ जीवन बीमकको वित्तीय विवरणअनुसार समीक्षा वर्षमा कम्पनीहरूले कर्मचारीको तलबभत्तामा कुल ७ अर्ब २९ लाख रुपैयाँ खर्च गरेका छन्।
अघिल्लो आर्थिक वर्ष २०८१।८२ मा यस्तो खर्च ६ अर्ब ६६ करोड ६१ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कर्मचारी तलबभत्तातर्फको खर्च ५.०५ प्रतिशतले बढेको हो।
समीक्षा वर्षमा ९ जीवन बीमकको कर्मचारी खर्च बढेको छ भने ५ कम्पनीको घटेको छ। कर्मचारी तलबभत्तामा सबैभन्दा धेरै खर्च गर्नेमा हिमालयन लाइफ रहेको छ भने सबैभन्दा कम खर्च गर्नेमा राष्ट्रिय जीवन बीमा कम्पनी रहेको छ।
हिमालयन लाइफले समीक्षा वर्षमा कर्मचारी तलबभत्तामा ९० करोड २७ लाख रुपैयाँ खर्च गरेको छ। अघिल्लो वर्ष कम्पनीको यस्तो खर्च ८५ करोड ९४ लाख रुपैयाँ थियो। कम्पनीको कर्मचारी खर्च ५.०५ प्रतिशतले बढेको हो।
त्यस्तै, नेपाल लाइफले ८३ करोड ९८ लाख रुपैयाँ खर्च गरेको छ। अघिल्लो वर्ष ८८ करोड ७४ लाख रुपैयाँ खर्च गरेको कम्पनीको कर्मचारी खर्च ५.३६ प्रतिशतले घटेको हो।
सूर्यज्योति लाइफले समीक्षा वर्षमा कर्मचारी तलबभत्तामा ६८ करोड ५५ लाख रुपैयाँ खर्च गरेको छ। अघिल्लो वर्ष यस्तो खर्च ६५ करोड ७१ लाख रुपैयाँ थियो। कम्पनीको कर्मचारी खर्च ४.३३ प्रतिशतले बढेको हो।
नेसनल लाइफले कर्मचारी तलबभत्तामा ५४ करोड ६३ लाख रुपैयाँ खर्च गरेको छ। अघिल्लो वर्ष कम्पनीले ५० करोड ५ लाख रुपैयाँ खर्च गरेको थियो। यसअनुसार कम्पनीको कर्मचारी खर्च ८.१० प्रतिशतले बढेको हो।
यता, राष्ट्रिय जीवन बीमा कम्पनीले कर्मचारी तलबभत्तामा सबैभन्दा कम १६ करोड ६९ लाख रुपैयाँ खर्च गरेको छ। अघिल्लो वर्ष कम्पनीको यस्तो खर्च १७ करोड ६ लाख रुपैयाँ थियो। समीक्षा वर्षमा कम्पनीको कर्मचारी खर्च २.१५ प्रतिशतले घटेको हो।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)










प्रतिक्रिया