सिद्धार्थ बैंकको १ लाख ५७ हजार कित्ता संस्थापक सेयर लिलामीमा
- BFIS News
- 2026 Aug 18 11:57
काठमाडौं। सिद्धार्थ बैंक लिमिटेडले १ लाख ५७ हजार ४७९ कित्ता संस्थापक सेयर विद्यमान संस्थापक सेयरधनीका लागि लिलामीमा बिक्री खुला गरेको छ।
बैंकका अनुसार इच्छुक विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र अर्थात् भदौ २ गतेदेखि तोकिएको अवधिभित्र सेयर खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्।
सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले काठमाडौंको नक्सालस्थित बैंकको केन्द्रीय कार्यालयमा बोलपत्र पेस गर्नुपर्नेछ। तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीबाट पर्याप्त आवेदन नपरेमा बाँकी सेयर सर्वसाधारणका लागि लिलामीमार्फत बिक्री गरिने बैंकले जनाएको छ। सिद्धार्थ बैंकको सेयर मंगलबार प्रतिकित्ता ४०९ रुपैयाँ २० पैसामा कारोबार बन्द भएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)










प्रतिक्रिया