NIMB Header 2
Nepal Life

सिद्धार्थ क्यापिटलका दुई म्युचुअल फण्डको लाभांश घोषणा

Prabhu Mahalaxmi
  • BFIS News
  • 2026 Aug 18 12:30
सिद्धार्थ क्यापिटलका दुई म्युचुअल फण्डको लाभांश घोषणा
United Ajod

काठमाडौं। सिद्धार्थ क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित दुई बन्दमुखी सामूहिक लगानी कोषले आर्थिक वर्ष २०८२/८३ का लागि लाभांश घोषणा गरेका छन्।

Nepal Life
NIMB

सिद्धार्थ क्यापिटलको सञ्चालक समितिको बैठकले सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–२ (SIGS2) का इकाइधनीलाई करसहित ८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। उक्त लाभांश रकम ९ करोड ६० लाख रुपैयाँ बराबर हुनेछ।

त्यस्तै, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–३ (SIGS3) का इकाइधनीलाई करसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय भएको छ। SIGS3 को लाभांश रकम ८ करोड ५ लाख रुपैयाँ बराबर रहेको छ।

दुवै योजना १० वर्षे अवधिका बन्दमुखी सामूहिक लगानी कोष हुन्। यी योजनाको व्यवस्थापन सिद्धार्थ क्यापिटल लिमिटेडले गर्दै आएको छ।

आषाढ महिनाको तथ्यांकअनुसार SIGS3 को खुद सम्पत्ति मूल्य (NAV) ११ रुपैयाँ ४४ पैसा रहेको छ भने यसको बजारमा अन्तिम कारोबार मूल्य १० रुपैयाँ ८७ पैसा रहेको छ। त्यस्तै, SIGS2 को NAV १० रुपैयाँ ८५ पैसा रहेको छ भने अन्तिम कारोबार मूल्य ११ रुपैयाँ २ पैसा रहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया